कार्तिक २६ देखि शुरु हुने
काठमाडौँ । टी–२० लिग पोखरा प्रिमियर लिग (पिपिएल) को दोस्रो सिजनको खेल हुने मिति सार्वजनिक भएको छ । विभिन्न छ वटा टीमले भाग लिने टी–२० फ्रेंचाईजी लिग यहि नोभेम्बर १२ देखि २३ सम्म अर्थात कार्तिक २६ देखि मङ्सिर ७ सम्म हुने भएको छ । पिपिएलमा बुटवल ब्लास्टर, चितवन राइनोज, बिराटनगर टाइटन, धनगढ़ी ब्लूज, एक्सपर्ट धनगढ़ी ब्लूज, काठमाडौँ रोयल्स गरी ६ टिम खेल्दै छन् ।
पिपिएलको पहिलो सिजनको उपाधि घरेलु टिम पोखरा पल्टनले जितेको थियो । पोखराले फाइनलमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै पहिलो पिपिएलको उपाधि जितेको थियो । नेपालमा हुने तीन प्रमुख टी(२० लिग मध्येको एक बनेको पिपिएल पछि एभरेष्ट प्रिमियर लिग (इपिएल) को यस बर्षको प्रतियोगिता आगामी फागुन १७ देखी चैत्र १ सम्म हुने घोषणा गरिसकिएको छ । त्यस्तै धनगढीमा हुने धनगढी प्रिमियर लिगको यस बर्षको प्रदर्शन मिति भने अझै घोषणा गरिएको छैन ।