काठमाडौं,३१ भदौं । रोजगारीका लागि बिदेशिने कामदारले पुनःश्रमस्वीकृति लिंदा अब स्वास्थ्य परीक्षण गर्नु नपर्ने भएको छ । दुई वर्षको करार अवधि सकेर बिदामा आएका कामदार पुनः त्यही रोजगारदातासँग काम गर्न इच्छुक भएमा वैदेशिक रोजगार विभागबाट पुनःश्रमस्वीकृति लिनुपर्ने प्रावधान छ । वैदेशिक रोजगार विभागले पहिलो पटक श्रमस्वीकृतिको लागि मात्रै स्वास्थ्य परीक्षण अनिवार्य चाहिने स्पष्ट पारेको छ ।
बिमा नियमनकारी निकाय बिमा समितिले वैदेशिक रोजगार (म्यादी) जीवन बिमालेखको लागि कामदारको स्वास्थ्य परीक्षण रिपोर्ट पेश गर्नुपर्ने निर्णय गरेको थियो। यो निर्णय तत्कालका लागि आइतबारदेखि स्थगित गरिएको विभागका महानिर्देशक भिष्मकुमार भुसालले जानकारी दिए।