आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

एनआरएन एनसीसी कतारद्वारा कतारमा बृहत् रक्तदान सम्पन्न

शनिबार, साउन ५ २०८१

दोहा । नेपाली राजदूतावास कतार, एनआरएन एनसीसी कतार र नेपाली रक्तदाता संघ कतारको समन्वयमा कतारमा स्थापित पाँच दर्जन भन्दा बढी नेपाली संघ–संस्थाको संयुक्त आयोजनामा ‘बृहत् रक्तदान कार्यक्रम’ सम्पन्न भएको छ ।
शुक्रबार बिहान ८ बजेदेखि नेपाली दूतावासको सभा–हलमा शुरु भएको रक्तदान कार्यक्रम एनसीसीका महासचिव रबिन मगरले रक्तदान गर्दै शुभारम्भ गरेका थिए ।
कार्यक्रममा १ सय ११ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा प्रवासी नेपाली मञ्च कतारको सातौँ अधिवेशनलाई सम्बोधन गर्न कतार आइपुगेका नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष, नेपाल सरकारका पूर्व उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल, नेपाली दूतावास कतारका प्रथम सचिव कृष्ण कुमार सुवेदी, मञ्चका अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष सञ्जय थापा, एनसीसी कतारका अध्यक्ष रमेश भट्ट लगायत कतारमा स्थापित संघसंस्थाका प्रतिनिधि तथा रक्तदाताहरूको ठुलो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार