मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

पोर्टोविरुद्व लिभरपुलको सनसनी जीत, च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश

बिहिबार, बैशाख ५ २०७६

एजेन्सी । पोर्चुगिज क्लब पोर्टोविरुद्व सनसनीपूर्ण जित निकाल्दै इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोर्टोको घरेलु मैदानमा बुधबार राति भएको क्वार्टरफाइनल खेलको दोस्रो लेगमा लिभरपुल ४–१ गोलले विजयी भयो ।

पहिलो लेगमा पोर्टोलाई २–० गोलले हराएको लिभरपुले समग्रमा ६–१ गोलको नतिजा निकाल्दै सेमफिाइनलमा पुगेको हो ।

सेमिफाइनलमा लिभरपुलले स्पेनिस महारथि बार्सिलोनाको सामना गर्नेछ ।

एकपक्षीय खेलमा २६औं मिनेटमा अग्रता लियो । लिभरपुलका लागि साडियो मानले पहिलो गोल गरे ।

६५औं मिनेटमा मोहमद सालाहले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए । त्यसपछि ६९औं मिनेटमा पोर्टोका इडर मिलिटाओले गोलगर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे ।

७७औं मिनेटमा रोवर्टो फिर्मिन्होले गोलगर्दै लिभरपुलको अग्रता फराकिलो बनाए । ८४औं मिनेटमा भर्जिल भान डिजिकले चौथो गोल गर्दै लिभरपुलको जित सहज बनाएका थिए ।

खेलभर लिभरपुलको दबाबमा परेको पोर्टो घरेलु मैदानमा लाज्जास्पद हार खेप्दै च्याम्पियन्स लिगबाट बाहिरियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार