काठमाडौं(एजेन्सी)–फेन्च लिग वानमा नेइमारले निर्णायक गोल गर्दै पिएसजीलाई जिताएका छन् । क्लब छोड्ने अनेकौ विवादका बीच पिएसजीमै रहेका नेइमारले गएराती स्ट्रासबर्ग्विरुद्धको खेलबाट पिएसजीका लागि सिजन डेभ्यु गर्दै निर्णायक गोल गरेका हुन् । नेइमारले खेलको ९० मिनेटपछिको अतिरिक्त समयमा गोल गर्दै पिएसजीलाई महत्वपूर्ण जित दिलाएका हुन् । नेइमारले बाइस्कल गोल हान्दै पिएसजीलाई जिताएका थिए ।
नेइमारलाई पिएसजीका फ्यानले भने क्लबमा नराख्न भन्दै हुटिङ गरेका थिए । ब्यानरसहित आएका फ्यानले नेइमारलाई बेच्न आग्रह गरेका नारासहित प्रदर्शन गरेका थिए । यो जितसहित पिएसजी अब ५ खेलमा १२ अंक हासिल गर्दै लिगको शिर्ष स्थानमा रहेको छ । पिएसजीले अब अर्को खेल च्याम्पियन्स लिगअन्तर्गत समुह चरणको खेलमा रियल म्याड्रिडविरुद्ध आगामी बुधबार खेल्ने छ ।