बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

नदेज्दा कप महिला फुटबलमा नेपालको किर्गिस्तानमाथि फराकिलो जित

आइतबार, भाद्र २२ २०७६

काठमाडौं(जस)–नेपालले नदेज्दा कप महिला फुटबलमा आयोजक किर्गिस्तानलाई फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा किर्गिस्तानलाई नेपालले ८–२ गोलको फराकिलो अन्तरले पराजित गरेको हो । नेपालले पहिलो हाफमा ६ गोल गरेको थियो भने दुई गोल खाएको थियो । त्यस्तै दोस्रो हाफमा दुई गोल थपेर ८–२ को जित निकाल्न सफल भएको थियो ।
नेपालका लागि सावित्रा भण्डारीले चार गोल गरिन् भने अनिता बस्नेतले दुई, कप्तान निरु थापा र दिपा राईले १–१ गोल गरेका थिए । प्रतियोगितामा किर्गिर्स्तानसँगै नेपाल, उब्जेकिस्तान र ताजिकिस्तान छन् । यो प्रतियोगितालाई नेपालले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तयारीको रुपमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार