शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

विधार्थी भर्ना अभियानमा एनआरएनएको सहभागिता, पाँच सय विधार्थीलाई सहयोग गर्ने

बुधबार, बैशाख ४ २०७६

काठमाडौं (जस)– विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई बिद्यालय भर्ना गर्ने नेपाल सरकारको अभियानमा गैरआवासी नेपली संघ (एनआरएनए) पनि सहभागी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख २ मा शुभारम्भ गरेकोे ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकाहरुलाई विद्यालय पुर्याऔ’ नारासहितको बिद्यालय भर्नाे अभियानमा एभरेष्ट इन्टरनेशनल स्कूल जापानसंगको सहकार्यमा गैरआवासीय नेपाली संघ पनि सहभागी भएको हो ।
संघले सबैभन्दा धेरै बालबालिकाहरु बिद्यालय बाहिर रहेको प्रदेश नम्बर २ को महोत्तरी जिल्लाको गौशाला नगरपालिकाको त्रिभूवन मावि., रजखोरमा रहेको जनता मावि. र दलित बस्ती बेलगाछीमा अवस्थित श्री बिरेन्द्र माविबाट सो अभियानको शुभाारम्भ गरेको छ । संघले ५०० बालबालिकाहरुलाई नेपाल सरकारले तय गरेको मापदण्ड अनुसार बिद्यालय जान प्रेरित गर्न आवश्यक साभाग्रीहरु विद्यालय झोला एक थान, कपि ६ थान, एक दर्जन कलम, टिफिन बक्स, जुत्ता र मोजा दुई जोर, विद्यालय पोशाक (सर्ट र पाइन्ट वा स्कर्ट) दुई जोर र जाडोको लागी ट्राउजर, स्वीटर र टोपी एक थान उपलब्ध गराउनेछ ।
एनआरएनका अनुसार स्थानीयले भर्ना भन्दा पनि विद्यार्थीहरुलाई विद्यालयमा टिकाउन कठिन हुने औंल्याएका छन् । ‘स्थानीय शिक्षक–शिक्षिकाहबाट प्राप्त जानकारी अनुसार विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई बिद्यालयमा भर्ना गराउन जन्मदर्ता प्रमाणपत्रको आवश्यकता भएकोले पनि विद्यार्थी भर्नामा कमी आएको जानकारी गराए तर सो अवसरमा स्थानिय जनप्रतिनिधिहरुको रोहवरमा जन्मदर्ता गराई विद्यार्थी भर्ना गरिएको थियो,’ एनआरएनएले दिएको जानकारीमा छ ।
स्थानीय जनप्रतिनिधिहरुले एभरेष्ट इन्टरनेशनल स्कूल जापान र गैरआवासीय नेपाली संघलाई नेपाल सरकारको यस अभियानमा सहभागी भएकोमा कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस कार्यलाई लक्ष्य अनुसार सफलता हासिल गर्न निरन्तर सहयोग र सहकार्यको अपेक्षा रहेको वताए । अत्यन्तै उत्साहका साथ सम्पन्न सो कार्यक्रमहरुमा प्रदेश संसद भरत शाहा, जिल्ला शिक्षा निकायका प्रमुख शत्रुघन यादव, शिक्षा मन्त्रीका सचिवालयका प्रतिनिधिहरु शंकर महत्तो र रुद्र शुसलिङ्घ, गौशाला नगरपालिकाको मेयर शिवनाथ महत्तो, विद्यालयका शिक्षक शिक्षिका तथा अभिवाभक र संघका प्रवक्ता भूषण घिमिरे तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य कपिलदेब थापाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार