सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

एनआरएनए मलेसियाको आइसिसी सदस्यमा विश्व राई चयन, आइसिसी सदस्य तीनजना पुगे

शनिबार, भाद्र २१ २०७६

गैरआवासयि नेपाली संघ(एनआरएनए) मलेसियाको आइसिसी सदस्यमा विश्व राई चयन भएका छन् । एनआरएएन मलेसियाको छैटौ अधिबेशनबाट यसअघि नै आइसिसी सदस्यक्मा महेन्द्रजंग शाह, र टेकबहादुर टमोटा निर्वाचित भइसकेका थिए । यससँगै मलेसियाबाट आइसिसी सदस्यमा तीन जना चयन भएका छन् ।

महाधिवेशनबाट अध्यक्षमा हरि भट्टराई,वरिष्ठ उपाध्यक्षमा लालबहादुर आले(सुन्दर), उपाध्यक्ष ज्ञानेन्द्रबहादुर सिंह, महिला उपाध्यक्ष शुभद्रा लिङ्ग्देन, महासचिव हेमराज सापकोटा, सचिवद्वय रञ्जितकुमार क्षेत्री र नन्दबहादुर क्षेत्री, कोषाध्यक्ष कृष्णप्रसाद नेपाल, सहकोषाध्यक्ष राकेशप्रसाद महतो, युवा संयोजक रविलाल अधिकारी, महिला संयोजक शारदा देवान याक्खा निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा अरुण गिरी, विनोदकुमार राना, विनोद पाण्डे, गोविन्द साउद, सन्तोष कार्की, पासाङ लामा, दिलकुमार केरुङ, अनिलकुमार चौधरी, योगेन्द्र कोइराला, मचिन्द्रनाथ चापागाईं, ईन्द्रनारायण लिम्बु, कृष्णबहादुर बस्नेत, हरिप्रसाद कोइराला, टेकबहादुर अधिकारी, रामकृष्ण कार्की, सन्तोषप्रकाश रिजाल, ईन्द्रबहादुर कुँवर माधवप्रसाद भुषाल र केशवकान्त झा रहेका छन । गत १ तारिखमा बृहत्त कार्यक्रमका साथ नबनिर्बाचित कार्यसमितिको सपथग्रहण र अधिबेशन सम्पन्न भएको थियो । कार्यक्रममा आईसीसी अध्यक्ष भबन भट्ट लगाएत पदाधिकारिको उपस्थिति थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार