सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गर्यो एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कारको लागि दरखास्त आव्हान, यस्ता छन् पुरस्कारका लागि मापदण्डहरु (विज्ञप्तिसहित)

शनिबार, भाद्र २१ २०७६

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कारको लागि दरखास्त आव्हान गरेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा गठित एनआरएनए अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापन समितिको बैठक समितिका संयोजक एवं प्रवक्ता भूषण घिमिरेको अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार सो आव्हान गरिएको हो ।
विहीवार साइबर कन्फ्रेन्समार्फत बसेको बैठकले नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांङीद्वारा प्रस्तावित पुरस्कार सम्बन्धी सार्वजानिक सूचनालाई परिमार्जन सहित पारित गरेको हो ।
बैठकले उक्त पुरस्कार छनोटको लागि एक उच्चस्तरिय समिति गठन गर्ने समेत निर्णय गरेको छ । बैठकले उच्चस्तरिय छनोट समितिबाट छनोट भएका उम्मेदवारलाई संघको आगामी अक्टोबरमा १५ देखि १७ सम्म काठमाडौंमा हुने विश्व सम्मेलनमा नगद र प्रमाणपत्र सहित पुरस्कृत गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार