सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

इक्वेटेरियल गुएनामा एनआरएनएको नयाँ कार्यसमिती, कृष्णचन्द्र सेढाई अध्यक्ष

शनिबार, भाद्र २१ २०७६

काठमाडौं, २१ भदौ । गैर आवासीय नेपाली संघ, ईक्युटरिएल गेनिया राष्ट्रिय समन्वय परिषदको दोस्रो राष्ट्रिय महाधिवेशन मिति 2019-09-01 (१५-०५-२०७६) मा मलाबो सहरमा सम्पन्न भयको छ। यस महाधिवेशनले कृष्णचन्द्र सेढाईको अध्यक्षतामा नौ सदस्यीय कार्य समिती दुई बर्ष (२०१९-२१) को लागि निर्बिरोध चयन गरेको छ। नवनिवाचित पदाधिकारीहरुमा, सुमन बिके उपाध्यक्ष , बिष्णुहरि सेढाई महासचिव, दुतराज लामा कोषाध्यक्ष, र मान बाहादुर कार्की, लबकुमार थपलिया, श्किसोर साह, प्रतीक थपलिया, र सुनिल बिके लाई सदस्यमा निर्बिरोध चयन हुनु भएको छ।


उक्त सभामा मालाबो तथा बाटा सहरमा बसोबास गरिरहेका नेपालिहरुको सहभागिता रहेको थियो। तेसैगरी सभाले अध्यक्ष, महासचिव तथा कोषाध्यक्षहरुले प्रस्तुत गर्नु भएको प्रतिबेदनलाई अनुमोदन पनि गरेको छ। सभामा निवाचन संयोजक किसोर साहले नव निर्वाचित पधाधिकारिहरुको घोषणा गर्दै सफल कर्यकालको लागि शुभकामना ब्यक्त गर्नु भयो साथै उहाले सो अवसरमा नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सफद खुवाउनु भएको थियो। चुनावी प्रकृया अनुगमनका लागि श्री प्रतीक थपलियालाई मनोनित गरिएको थियो। गैर आवासीय नेपाली संघ ईक्युटरियल गेनियाको मिति 2019-09-01 मा बसेको दोस्रो राष्ट्रिय महाधिवेशनबाट राष्ट्रिय समन्वय परिषदको २०१९-२१ का लागि नव निर्वाचित पधाधिकारिहरु:

अध्यक्ष : कृष्णचन्द्र सेढाई
उपाध्यक्ष : सुमन बि. के.
महासचिव :बिष्णुहरि सेढाई
कोषाध्यक्ष : दुतराज लामा
सदस्य : .मान बहादुर कार्की
सदस्य : लबकुमार थपलिया
सदस्य : किसोर साह कानु
सदस्य : प्रतीक थपलिया
सदस्य : सुनिल बि.के.

किशोरी साह कानु
निर्वाचन सम्योजक
मालाबो, ईक्युटरिएल गेनिया
मिति : 2019-09-01

प्रतिक्रिया
सम्बन्धित समाचार