काठमाडौं(जस)– संसारको ८० देशमा संगठन सञ्जाल रहेको गैरआवासीय नेपाली संघ (एनआरएन) को तर्फबाट पहिलो पटक आठौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाएको छ । । चैत्र अन्तिम सातादेखि प्रदेश नं ५ को नेपालगञ्जमा भईरहेको खेलमा बिभिन्न देशलाई कर्म भुमी बनाई विदेश रहेका ७ देशका २४ जना खेलाडीले ९ वटा खेलमा सहभागिता जनाएका छन् ।

बिबिध कारणले विदेशी भुमीमा रहेका नेपाली खेलाडीलाई नेपालसँग भावनात्मक सम्बनध जोड्न राष्ट्रिय खेलकुद परिषदसँगको सहकार्यमा पहिलो पटक गैर आवासीय नेपालीहरुले सहभागिता जनाएको एनआरएनले आइतवार पत्रकार सम्मेलन गरि जानकारी दिएको थियो ।
राष्ट्रिय खेलकुद परिषदमा अव ७ प्रदेश, तीन विभागिय टोलिसँगै गैरआवासीय नेपाली खेलाडीको पनि सहभागिता रहेनछ ।‘इतिहाँसमा नै पहिलो पटक राष्ट्रिय खेलकुद परिषद्ले गैरआवासीय नेपाली खेलाडीलाई राष्ट्रिय खेलकुदमा आमन्त्रण गरेको हो’ संघका अध्यक्ष भवन भट्टले भने–‘विदेशमा धेरै नेपाली खेलाडीहरु रहेका छन् । उनीहरुलाई नेपालमा हुने खेलकुदमा अवसर प्रदान गर्नु पर्छ ।’ विदेशी भुमिमा रहेका नेपालीहरुले उक्त मुलुकको आधुनिकतासँगै केही बढि अनुभव प्राप्त गर्ने अवसर पाएका पनि हुन्छन् त्यस कारण पनि खेलकुदमा अलि व्यत्तित्व विकास गरेका हुन्छन् अध्यक्ष भट्टले भने ।

एनआरएन खेलाडीले कराँते, तेक्वान्दो, जुडो, ब्याडमिण्टन, लङटेनिस, टेवल टेनिस, गल्फ, म्याराथन र बक्सिङ खेलमा सहभागिता जनाउने छन् । जसका लागि अमेरिका, यूएई, अष्ट्रिेलिया, मलेसिया, मकाउ, जापान र हङकङ देखि खेलाडीहरु सहभागी हुने संघका महासचिव डा. बद्री केसीले जानकारी दिए ।
आठौं राष्ट्रिय खेलकुदमा कराँतेका अफिसियल टिम मेनेजर तथा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य मनोज गोर्खालीको प्रतिनिधित्व र कराँतेका अन्तराष्ट्रिय रेफ्री रबी शाहीको समेत सहभागीता रहेको छ ।

आठौँ राष्ट्रिय खेलकूद अन्तर्गत १५औँ राष्ट्रिय लनटेनिस प्रतियोगितामा गैर आवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाका संरक्षक भूषण बज्राचार्यले स्वर्ण पदक जित्न सफल भएका छन् । एनआरएनका लागि बुटवलमा सम्पन्न पुरुष एकल लनटेनिसको फाइनलमा बज्राचार्यल त्रिभुवन आर्मीका प्रणव खनाललाई ६–१ र ६–२ अङ्कको सोझो सेटमा हराए छन् ।

एनआरएनले हरेक देशमा कार्यसमिति, युवा तथा खेलकुद समिति बनाएर विदेशमा खेलकुदको विकासमा काम गरिरहेको छ । यसरी राष्ट्रिय खेलकुदमा विदेशमा रहेका नेपालीहरुको पनि बराबर मौका पाएमा देश बिदेशमा राम्रो सन्देश जाने आम नेपालीको बुझाई छ ।