सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

शिक्षासेवी रूका पाण्डे राष्ट्रिय सभाका अध्यक्ष दाहालद्वारा सम्मानित

आइतबार, बैशाख ३० २०८१

काठमाडौ , शिक्षा सेवी तथा सफल बिमा बिज्ञ रूका पाण्डे सम्मानित हुनुभएको छ । शनिबार फोकस नेपालले सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमलमा नयाँ बर्ष २०८१ को शुभ अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नागरिक जनजीवनका लब्ध प्रतिष्ठित र विशिष्ट महानुभावहरूको उपस्थितिमा आयोजना गरेको “समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थाहरुको भूमिका” विषयक विचार गोष्ठी तथा सांस्कृतिक कार्यक्रमा प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष सम्मानीय नारायण प्रसाद दाहालले भव्य समारोहका रूका पाण्डेलाई सम्मान गर्नु भएको हो । सामाजिक कार्यमा समेत सक्रिय सम्मानित पाण्डे एकदशक भन्दा लामो समयदेखि बिमा क्षेत्रमा रहेकी र सोसोलोजी विषयमा एमफिल मार्फत स्वास्थ्य बीमा अनुसन्धान पुरा गरि अहिले विद्यावारिधि (पिएचडी)को तयारी गर्दै हुनुहुन्छ । पाण्डेले हाल कन्या बहुमुखी क्याम्पस डिल्लीबजारमा अध्यापन गराई रहनु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार