बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

यू–१९ एसिया कप : आज नेपालले श्रीलंकाको सामना गर्दै

शुक्रबार, भाद्र २० २०७६

काठमाडौं, २० भदौ । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले आज शुक्रबार आयोजक तथा टेष्ट राष्ट्र श्रीलंकासँग खेल्दैछ ।

नेपाल र श्रीलंकाबीचको खेल आर प्रेमादशा अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान सवा १० बजे हुनेछ ।

आज दिउँसो १२ बजेपछि कोलम्बोमा बर्षाको सम्भावना देखाएको छ । सो कारण आजको खेलमा बर्षाले खेल प्रभावित हुने ठुलो स‌म्भावना रहेको छ ।

आयोजक श्रीलंका नेपाललाई हराउँदै सुखद सुरुवात गर्ने सोचमा छ भने टेष्ट राष्ट्र श्रीलंकालाई हराउँदै नेपालले पनि सुखद सुरुवात गर्न चाहान्छ ।

एसिया कपमा नेपालले ५ वटा खेल श्रीलंकाको यु–१९ टोलीसँग खेलिसकेको छ । तर, सबैमा नेपालले पराजय व्यहोर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार