आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

फिल्म ‘वीरविक्रम २’ को गीत ‘बाचा’ सार्वजनिक

मंगलबार, बैशाख ३ २०७६

काठमाडौं(जस)– फिल्म ‘वीरविक्रम २’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । बाचा शिर्षकको गीतमा नायक पल शाह र वर्षा शिवाकोटी फिचर्ड रहेका छन् । यसअघि सार्वजनिक गरिएको पुरानो चर्चित गीत ‘पिरतीको मिठो तिर्सना’ गीतको लोकप्रियता पछि यो दोस्रो गीत सार्वजनिक गरिएको छ । यस गीतमा तारा प्रकाश लिम्बु र दीपा लामाको स्वर रहेको छ । गीतलाई नरेश भट्टराईले लेखेका हुन् भने गीतमा तारा प्रकाश लिम्बुकै संगीत रहेको छ । यस गीतमा कोरियोग्राफी कविराज गहतराजको रहेको छ । जेठ ३ गते प्रदर्शनमा आउने यस फिल्म फिल्मलाई सुदीप बरालले खिचेका हुन् । फिल्ममा बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको अभिनय छ । हिमाल केसीको द्वन्द्व रहेको फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन् । फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । फिल्ममा अपर्ण सापकोटा सह–निर्माताको रुपमा रहेका छन् । नयाँ कथामा निर्माण भइरहेकाले ‘वीरविक्रम २’ सिक्वेल नभएको निर्माण टिमको भनाई छ । यस फिल्मको पहिलो भागमा नाजिसँगै दयाहाङ राई, अनुप विक्रम शाही, दीया पुन लिड रोलमा थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार