बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

साग पौडीको अन्तिम छनौटमा २५० खेलाडी सहभागी हुँदै

बिहिबार, भाद्र १९ २०७६

काठमाडौं(जस)–नेपालमा हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पौडी खेलमा सहभागी हुने खेलाडीको अन्तिम छनोट गर्ने उद्देश्यले यही भदौ २४ र २५ गते नवौँ ‘एनएसए कप’ पौडी प्रतियोगिता हुने भएको छ । प्रतियोगितालाई व्यवस्थित एवं भव्यरुपमा सम्पन्न गर्न नेपाल पौडी सङ्घले नाजिर उद्दिन मुस्लिमको संयोजकत्वमा प्रतियोगिता आयोजक समिति गठन गरेको छ । छनोटमा १५० पुरुष र १०० महिला गरी करीब २५० खेलाडीको सहभागिता रहनेछ । पुरुष(महिलामा समान १४–१४ गरी २८ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । १६ पुरुष र १२ महिला गरी २८ खेलाडी छनोट गरिने सङ्घका कोषाध्यक्ष एवं संयोजक मुस्लिमले जानकारी दिए ।
उक्त प्रतियोगितामा पुरुष÷महिलातर्फ ५०, १००, २०० र ४०० मिटर फ्रि स्टायल, ५०, १०० र २०० मिटर ब्रेस्टस्ट्रोक, बटरफ्लाई र ब्याकस्ट्रोक तथा २०० मिटर इण्डिभिज्युअल मिड्ले इभेन्ट सञ्चालन हुनेछन् । खेलाडी छनोट फिना अङ्क आधारमा गरिनेछ । छनोटबाहेक उमेर समूहका खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले १० वर्ष, १२ वर्ष, १४ वर्ष र १७ वर्षमुनि उमेर समूहको छुट्टै प्रतिस्पर्धासमेत हुनेछ । मित्रराष्ट्र चीन सरकारको सहयोगमा मर्मतसम्भारपश्चात् सातदोबाटोस्थित पौडी पोखरीमा पहिलोपटक हुन लागेको उक्त प्रतियोगिता निकै भव्य र व्यवस्थित हुने संयोजक मुस्लिमले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार