मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

आईपीएलमा बैंगलोरको सातौ हार

मंगलबार, बैशाख ३ २०७६

काठमाडौं(एजेन्सी)–आइपिएल अन्तर्गत मुम्बई इण्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा मुम्बईले बैंगलोरलाई ५ विकेटले पराजित गरेको हो । बैंगलोरले दिएको १७२ रनको लक्ष्य पछाएको मुम्बईले १९ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । मुम्बईको जितमा हार्दिक पाण्डेयले ३७ रन बनाएका थिए । पाण्डेयले १६ बलमा ३७ रन बनाएका थिए । त्यस्तै क्वान्टेन डी ककले सर्वा्धिक ४० रन बनाए भने सुर्यकुमार यादवले २९, रोहित शर्माले २८, इशान किसनले २१ तथा क्रुनाल पाण्डेयले ११ रन बनाएका थिए । त्यस्तै बैंगलोरका बलर युजवेन्द्र चहल र मोइन अलीले २–२ विकेट लिए भने मोहमद सिराजले एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाउदै १७१ रन बनाएको थियो । बैंगलोरका लागि एबी डिभिलीयर्सले सर्वाधिक ७५ रन बनाए भने मोइन अलीले ५० रन बनाएका थिए । त्यस्तै विराट कोहलीले २८ रन बनाएका थिए । मुम्बईका बलर लातिस मालिंगाले ४ विकेट लिएका थिए । मालिंगाले ४ ओभरमा ३१ रन दिएर ४ विकेट लिए । त्यस्तै बेहरेनड्रोफ र हार्दिक पाण्डेयले एक एक विकेट लिए । प्रतियोगितामा मुम्बईले अहिलेसम्म खेलेका ८ खेलमा ५ खेलमा जित हासिल गर्दै १० अंकसहित तेस्रो स्थानमा छ भने बैंगलोर ८ खेलमा केवल एक जितसहित अंक तालिकामा पुछारमा रहेको छ । आइपिएल अन्तर्गत आज किंग्स इलेभेन पंजाव र राजस्थान रोयल्सबीच खेल हुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार