आलोक यादव
सिराहा , भदौ १९ – सिराहाको विभिन्न ठाउँमा अवैध घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ । सिराहाको सीमावर्ती क्षेत्र माड़र लगायत जिल्लाका विभिन्न स्थानमा अवैध रुपमा सञ्चालनमा रहेको अवैध घरेलु मदिरा तथा मदिरा भट्टी सिराहा प्रहरीले नष्ट गरेको हो ।सिराहाको नरहा गाउँपालिका वडा नम्बर –३ , सिराहा नगरपालिका वडा नम्बर –१२ सारस्वर सिराहा नगरपालिकाकै वड़ा नम्बर . १५ र १७ माडर र बरियारपट्टी गाऊँपालिका वडा नम्बर –३ लगायतका स्थानमा प्रहरीले एकै पटक छापा मारी फेला परेको अवैध रुपमा सञ्चालन घरेलु मदिरा र भट्टी (कारखाना ) नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारि तथा डीएसपी अपिराज बोहराले जानकारी दिए ।

बोहराका अनुसार जिल्ला प्रहरी कार्यालय सिराहा मातहातमा रहेको इलाका प्रहरी कार्यालय र प्रहरी चौकीको सहयोगमा उक्त स्थानको अवैध मदिराहरू नष्ट गरिएको छ । यसरी इलाका प्रहरी कार्यालय माड़रका इन्चार्ज प्रहरी नायब निरीक्षक देव कृष्ण यादवको नेतृत्वमा खटीएको प्रहरी टोलीले लुकाई छिपाई राखिएको तयारी मदिरा अन्दाजी ८ सय लिटर र १ हजार २ सय पचीस लिटर मदिरा तैयार गर्न राखिएका कच्चा पदार्थ नष्ट गरेको प्रहरीले जानकारी दिए ।