मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

सन्दीप आइपिएलको इमर्जिङ खेलाडीको मनोनयनमा

मंगलबार, बैशाख ३ २०७६

काठमाडौँ(जस)–भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) को इमर्जिङ खेलाडीको मनोनयनमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने परेका छन् । आइपिएलले हरेक वर्ष उत्कृष्ट युवा खेलाडी इमर्जिङ खेलाडी अवार्डबाट सम्मानित गर्ने गर्दछ । आइपिएलले दिल्ली क्यापिटल्सबाट खेल्ने सन्दीपसहित राजस्थान रोयल्सबाट खेल्ने बार्बाडोसका जाफ्री आर्चर, मुम्बई इण्डियन्सबाट खेल्ने राहुल चहर, रोयल च्यालेन्जर्स बैंगलोरबाट खेल्ने मोहमद सिराज र किंग्स इलेभेन पंजावबाट खेल्ने श्रेयस गोपाल रहेका छन् । यस सिजनमा ४ खेल खेलेका सन्दीपले पछिल्ला दुई खेलमा दिल्लीको पहिलो ११ मा स्थान बनाउन सकेका छैनन् । सन्दीपले अहिलेसम्म खेलेका ४ खेलमा कुल ५ विकेट लिएका छन् । आइपिएलको आधिकारिक वेबसाइटमा पाँचै खेलाडीका लागि भोट दिन सकिने आइपिएलले जानकारी दिएको छ । इमार्जीङ खेलाडीको अवार्ड अनलाइनमा प्राप्त मत र टेलिभिजन कमेन्टेटरको रोजाईका आधारमा विजेता घोषणा गरिने आइपिएलले जानकारी दिएको छ । आइपिएलमा इमार्जीङ खेलाडीको अवार्डमा मनोनयनमा पर्न सन् १९९२ अप्रिल १ पछि जन्मिएको, आइपिएलमा २५ भन्दा कम खेल खेलेको, ५ भन्दा कम अन्तर्राष्ट्रिय टेस्ट क्रिकेट खेलेको र यसअघि इमर्जीङ खेलाडीको अवार्ड नजितेको आधारमा ५ खेलाडी छनौट गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार