शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

भाइरल भयो जेम्स बन्ड सिरिजको फिल्मको नक्कली ट्रेलर

शुक्रबार, बैशाख ७ २०८१

काठमाडौँ । एआईका अचम्मका चमत्कारहरू फिल्मी संसारमा हरेक दिन देख्न सकिन्छ। एआईले बनाएको जेम्स बन्ड सिरिजको फिल्मको नक्कली ट्रेलर अहिले भाइरल भइरहेको छ ।यस ट्रेलरमा हेनरी क्याभिललाई जेम्स बोन्डको भूमिकामा देखाइएको छ । जबकि, मार्गोट रोबी बन्ड गर्लको रूपमा देखाइएको छ । चाखलाग्दो कुरा के छ भने फेक ट्रेलर भए पनि यसलाई २५ लाखभन्दा बढी भ्युज प्राप्त भएको छ । यो ट्रेलर पछि, मानिसहरूले जेम्स बोन्डको भूमिका हेनरी क्याभिलले निभाउने इच्छा व्यक्त गरिरहेका छन् ।

जेम्स बन्ड सिरिजको फिल्ममा क्याभिलको नाम जोडिएको यो पहिलो पटक भने होइन । हेनरीले फिल्म ‘क्यासिनो रोयल’ का लागि बन्डको भूमिकाका लागि अडिसन दिएका थिए तर उनी त्यो भूमिका पाउन असफल भएका थिए । अभिनेता डेनियल क्रेगले यो भूमिका निभाएका थिए । यो फिल्मका निर्देशक मार्टिन क्याम्पबेलले गत वर्ष एक अन्तर्वार्तामा हेनरी क्याभिलको जेम्स बन्ड अडिसनमा निकै रमाइलो भएको बताएका थिए । उनले हेनरी अडिसनमा निकै राम्रो भएको बताए । उनको अभिनय गजबको थियो ।हालै, ‘द रिच आइसेन शो’ मा कुराकानीको क्रममा, क्याभिलले जेम्स बन्डको भूमिकाको लागि आफ्नो कास्टिङको बारेमा कुरा गर्दै अहिलेसम्म आफूसँग त्यस बारे कुनै नयाँ अपडेट नभएको बताएका थिए ।

नक्कली ट्रेलरको लिंक- https://www.youtube.com/watch?v=gcIv4hGDZeE

प्रतिक्रिया
सम्बन्धित समाचार