मलेसिया(जस)–गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय परिषद मलेसियाले पंजीकृत तथा नयाँ सदस्यता आवेदन खुला गरेको छ । एनआरएन मलेसियाले एक विज्ञप्ति जारी गर्दै यहि १४ अप्रिल २०१९ (वैशाख १) देखि २५ जुलाई २०१९ सम्मको लागि नयाँ सदस्यता खुल्ला गरिएको जानकारी दिएको हो । सदस्यता लिनको लागि गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय परिषदको Global MIS (Management of Information System)मा रहि नयाँ सदस्यता आवेदन दिनुपर्नेछ । सदस्यता शुल्क आरएम ५० लिने निर्णय गरिएको छ ।
एनआरएनए मलेसियाद्धारा सहयोग
यसैगरी एनआरएन मलेसियाले प्रदेश नम्वर २ को वारा र पर्सा जिल्लामा ३० जना भन्दा बढीको मृत्यु र सयौं घाईते, जनधनको क्षति भएको उक्त क्षेत्रमा गैर आवासीय नेपाली संघ मलेसियाले रु १,००००० (एक लाख रुपियाँ) सहयोग प्रदान गरिएको छ ।
यसैगरी (Vesak Day) बद्ध जयन्तीको अवसरमा नेपाली दूतावास मलेसिया, विभिन्न क्रियाशिल संस्थाहरुको सहकार्यमा शान्ति पदयात्रा गरी भव्यताको साथ मनाउने निर्णय गरिएको एनआरएन मलेसियाले जनाएको छ ।आगामी वैठकले २०१९–२०२१ कार्यकालको लागि अधिवेशनको कार्यतालिका र नयाँ सदस्यहरु सार्वजनिक गरिने पनि विज्ञप्तिमा छ ।
विज्ञप्ती :
गैर आवासीय नेपाली राष्ट्रिय परिषद मलेसियाले पंजीकृत तथा नयाँ सदस्यता आवेदन यहि १४ अप्रिल २०१९ (वैशाख १) देखि २५ जुलाई २०१९ सम्मको लागि नयाँ सदस्यता खुल्ला गरिएको छ । सदस्यता लिनको लागि गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय परिषदको Global MIS (Management of Information System) मा रहि नयाँ सदस्यता दिनु पर्नेछ । सदस्यता शुल्क आरएम ५० लिने निर्णय गरिएको छ ।
प्रदेश नम्वर २ को वारा र पर्सा जिल्लामा ३० जना भन्दा बढीको मृत्यु र सयौं घाईते, जनधनको क्षति भएको उक्त क्षेत्रमा गैर आवासीय नेपाली संघ मलेसियाले रु १००००० (एक लाख रुपिया) सहयोग प्रदान गरिएको छ ।
(Vesak Day) वुद्ध जयन्तीको अवसरमा नेपाली दुतावास मलेसिया, विभिन्न क्रियाशिल संस्थाहरुको सहकार्यमा शान्ति पदयात्रा गरी भव्यताको साथ मनाउने निर्णय गरिएको छ ।
आगामी वैठकले २०१९–२०२१ कार्यकालको लागि अधिवेशनको कार्यतालिका र नयाँ सदस्यहरु सार्वजनीक गरिने छ ।
धन्यवाद ।
मिति : १६ अप्रिल २०१९
