बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

प्रिमियर लिगमा लिभरपुलको विजयी यात्रा जारी

आइतबार, भाद्र १५ २०७६

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले आफ्नो विजयी यात्रा जारी राखेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले बर्न्लीलाई ३-० गोल अन्तरले पराजित गरेको छ । लिभरपुलको जितमा साडियो माने र रेबेर्टो फिर्मिनोले एक एक गोल गरेका थिए भने एक गोल बर्न्लीका क्रिस वुडले आत्मघाती गोल गरेका थिए ।

यो सहित लिभरपुलले प्रिमियर लिगमा लगातार १३औ जित हासिल गरेको छ । त्यस्तै फिर्मिनोले आफ्नो प्रिमियर लिगमा ५०औ गोल समेत पुरा गरेका छन् ।

यस सिजनमा लिभरपुलले खेलेका चार वटै खेलमा जित हासिल गर्दै १२ अंक सहित लिगको शिर्ष स्थानमा रहेको छ ।

लिभरपुलले अब अन्तर्राष्ट्रिय ब्रेकपछि सेप्टेम्बर १४ मा न्युक्यासलविरुद्ध खेल्ने छ भने बर्न्लीले सोहि दिन ब्राइटनसँग खेल्ने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार