सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

एसपी चतुर्बेदीको अर्को सफलता लागुऔषध खैरो हिरोईनसहित दुई युवक पक्राउ

बिहिबार, भाद्र १२ २०७६

आलोक यादव
सिराहा,भदौं १२ गते –प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित हिजो साँझ सिराहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले खैरो हिरोइनसहित गोलबजार नगरपालिका–६ दोहोटिया निवासी २१ वर्षीय भरत पासवान र २२ वर्षीय वीरेन्द्र यादवलाई पक्राउ गरेको हो ।
स.५ प. ५०९४ नम्बरको मोटरसाइकलमा सवार पासवान र यादवले लागुऔषध खैरो हिरोइन लुकाइछिपाइ राखेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले प्लाष्टिकको पोकामा तयार पारी राखेको ठूलो एक पोका, सानो ८९ पोका गरी आठ ग्राम खैरो हिरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
पक्राउ परेका दुवैको साथबाट रु २० हजार ७६० नेपाली र एक हजार ७०० भारतीय रुपैयाँ तथा एक थान मोबाइल सेटसमेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

यस्तै प्रहरीले गोलबजार नगरपालिका–६ दोहोटियामा ५०० लिटर अवैध घरेलु मदिरा र एक हजार लिटर कच्चा पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार