बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

कर्णाली र गण्डकीमा राष्ट्र बैंकको सर्वेक्षण

कर्णालीमा उद्योगहरूको औसत क्षमता उपयोग ५२.१६ प्रतिशत

आइतबार, पुष २२ २०८०

काठमाडौं(जस)–नेपाल राष्ट्र बैंकले गण्डकी र कर्णालीमा आर्थिक सर्वेक्षण गरेको हो । जसअनुसार आर्थिक वर्ष २०७९÷८० मा गण्डकी प्रदेशको औद्योगिक उत्पादन क्षमता अघिल्लो वर्षको तुलनामा २.२ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्षमा समग्र प्रदेशको औद्योगिक उत्पादन क्षमता २.२ प्रतिशतले वृद्धि हुँदै ४५.८ प्रतिशत पुगेको हो । जसमध्ये प्रदेशमा सबैभन्दा बढी तेल र चकलेट उत्पादनको क्षमता उपयोग बढी देखिएको छ । बैंकका अनुसार यस प्रदेशमा खाने तेल उद्योगको क्षमता उपयोग ९६.७६ प्रतिशत र चकलेट उद्योगको ७४.५७ प्रतिशत रहेको छ । यस्तै, बिस्कुटको ६२.८० प्रतिशत, वियरको ६३.८९ प्रतिशत, ईट्टाभट्टाको ५४.९९ प्रतिशत, लिक्विड औषधीको ५१.९० प्रतिशत, औषधि क्याप्सुलको ३५.८ प्रतिशत, ओइन्टमेण्टको १०.१५ प्रतिशत र ड्राइ सिरपको क्षमता उपयोग ७.९६ प्रतिशत रहेको छ ।
२०७९ फागुनसम्म गण्डकी प्रदेशमा दर्ता भएका उद्योगको संख्या ७१ हजार ८ सय ९७ पुगेको छ भने दर्ता भएका वाणिज्य फर्मको संख्या ६८ हजार ३ सय ६४ पुगेको बैंकले जनाएको छ । आर्थिक वर्ष २०७९÷८० को फागुनसम्ममा गण्डकी प्रदेशमा ८३० उद्योग दर्ता भएका छन् । यी उद्योगमा रू. ५ खर्ब ९७ अर्ब २५ करोड लगानी स्वीकृत भई उद्योगको सञ्चालनबाट ४० हजार ९३ रोजगारी सिर्जना हुने अनुमान रहेको छ ।आर्थिक वर्ष २०७९÷८० मा गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमाब उद्योग क्षेत्रको हिस्सा १७.३६ प्रतिशत रहने अनुमान रहेको छ । गत वर्ष यस्तो हिस्सा १७.७ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०७–९८० मा गण्डकी प्रदेशमा मात्र ३ खर्ब ५५ अर्ब १५ करोड रुपैयाँ कर्र्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्षभन्दा ०.४ प्रतिशतले कर्र्जा विस्तार भएको जनाएको बैंकले समीक्षा अवधिमा निक्षेपतर्फ अधिकतम १९.२८ प्रतिशतले वृद्धि हुँदै कूल ४ खर्ब ७४ अर्ब ९० करोड पुगेको जनाएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा कुल निक्षेप ८.१ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा परिचालित कूल ३ खर्ब ५५ अर्ब १५ करोड कर्र्जा मध्ये कृषि क्षेत्रमा रु ३१ अर्ब ४५ करोड, औद्योगिक क्षेत्रमा रु। ३७ अर्ब ४८ करोड, सेवा क्षेत्रमा रु१ खर्ब ११ अर्ब ९० करोड र अन्य क्षेत्रमा रु १ खर्ब ७१ अर्ब ८४ करोड प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।
२०८० असार मसान्तमा निक्षेपकर्ताहरुको सङ्ख्या १२.३८ प्रतिशतले वृद्धि भई ५६ लाख ३९ हजार ४ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेपकर्ताको सङ्ख्या २१.१ प्रतिशतले वृद्धि भएको थियो । सहुलियतपूर्ण कर्र्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ (तेस्रो संशोधनसहित), बमोजिम २०८० असार मसान्तसम्ममा गण्डकी प्रदेशमा कुल रु २५ अर्ब ७४ करोड कर्र्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । यस्तो कर्र्जा २०७९ असार मसान्तसम्ममा गण्डकी प्रदेशमा कुल रु ३० अर्ब ११ करोड कर्र्जा प्रवाह भएको थियो ।
यस प्रदेशमा प्रवाहित कुल कर्र्जाको ४२.५ प्रतिशत कास्की जिल्लामा प्रवाह भएको छ भने सबैभन्दा कम मनाङ जिल्लामा ०।२ प्रतिशत मात्र प्रवाह भएको छ । राष्ट्र बैंकले गण्डकी प्रदेशमा सञ्चालित सहकारी संघ संस्थाहरुको पुँजी १.५ प्रतिशतले बढेको जनाएको छ । अघिल्लो वर्ष ४ अर्ब ५२ करोड ४० लाख ६६ हजार रुपैयाँ बराबर रहेको प्रदेशका सहकारीहरुको कूल पुँजी २०७९÷८० मा बढेर ४ अर्ब ५९ करोड २४ लाख पुगेको बैंकले जनाएको हो ।
यसैगरी, यस वर्ष समग्र प्रदेशका सहकारीहरुबाट सकंलित निक्षेप ०.१८ प्रतिशतले बृद्घि भई रु.१३ अर्ब ७९ करोड ५० लाख कायम रहेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत ०.०८ प्रतिशतले कमी आएको थियो । तर, उपरोक्त सहकारी संस्थाहरुबाट यस प्रदेशमा प्रवाहित कर्जा २०७९ असार मसान्तको तुलनामा २०८० असार मसान्तसम्ममा ६.६१ प्रतिशतले कमी आई रु.१४ अर्ब ३३ करोड १९ लाख पुगेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १८.०१ प्रतिशतले वृद्धि भएको थियो ।
अध्ययनमा समावेश गरिएका सहकारीमा सदस्य ९.४१ प्रतिशतले वृद्धि भई १ लाख ८५ हजार ४४० पुगेको छ भने कर्मचारी सङ्ख्या ४ सय ५६ नै रहेको छ । केन्द्रीय बैंकले समग्र गण्डकी प्रदेशको सर्वेक्षणका लागि तोकिएका १० वटा सहकारी संस्थालाई नमुनाका रुपमा लिएको थियो । उक्त १० सहकारीबाट प्राप्त नतिजा अनुसार केन्द्रीय बैंकले तथ्यांक सार्वजनिक गरेको हो । यस्तै कर्णालीमा उद्योगहरूको औसत क्षमता उपयोग ५२.१६ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । यस आर्थिक वर्षमा उद्योगहरूको उपयोग क्षमतामा कागज तथा कागजका उत्पादन सम्बन्धी उद्योगको उपयोग क्षमता शत प्रतिशत रहेको बैंकले जनाएको हो । जसमध्ये प्लास्टिकजन्य उत्पादनसम्बन्धी उद्योगको उपयोग क्षमता ९२.८६ प्रतिशत रहेको छ भने दुग्ध पदार्थ उत्पादन गर्ने उद्योगको उपयोग क्षमता सबैभन्दा कम २०.५५ प्रतिशत रहेको बैंकले जनाएको छ ।
त्यसैगरी, काठ तथा काठको सामान, अन्य खाद्य पदार्थ (प्रशोधित चिया), तयारी कपडा र अन्न तथा पशुदाना उत्पादन गर्ने उद्योगहरूको उपयोग क्षमता क्रमशः ६०.० प्रतिशत, ५१.११ प्रतिशत, ४४.९४ प्रतिशत र ३२.० प्रतिशत रहेको छ । यस प्रदेशमा औद्योगिक विकासका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति, कच्चा पदार्थको अभाव, तथा विकट भौगोलिक बनावट जस्ता प्रमुख कारणहरुले गर्दा ठुला उद्योगहरूको सञ्चालन हुन नसकेको बैंकले जनाएको छ । घरेलु, साना तथा मझौला उद्योगहरू मध्येबाट केही उद्योगहरू अध्ययनमा नमुना छनोटको रुपमा लिइएको छ । समीक्षा वर्षमा कर्णाली प्रदेशमा नमुना छनोटमा समेटिएका उद्योगहरुमध्ये धेरैजसो उद्योगहरूको उत्पादनमा सामान्य वृद्धि भएको छ भने केही उद्योगहरूको उत्पादन घटेको देखिन्छ । जस अन्तर्गत अन्न तथा पशु दाना उत्पादन गर्ने उद्योगको उत्पादनमा ११५.३३ प्रतिशतले वृद्धि भएको छ । जसमा चामल र गहुँको पिठोको उत्पादनमा क्रमशः १८०.० र १३०.७७ प्रतिशतले वृद्धि भएको छ भने पशुदानाको उत्पादनमा ३६.३६ प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ ।
त्यस्तै, समीक्षा वर्षमा प्लाष्टिकजन्य बस्तु, दुग्ध पदार्थ र कागज तथा कागजको उत्पादन क्रमशः १६०.० प्रतिशत, १५.३८ प्रतिशत र १४.२९ प्रतिशतले वृद्धि भएको छ भने काठ तथा काठका सामना, प्रशोधित पिउने पानी र लत्ता कपडाको उत्पादनमा क्रमशः २५.० प्रतिशत, २०.७३ प्रतिशत र ६.९८ प्रतिशतले गिरावट आएको बैंकले जनाएको छ । अन्न तथा पशु दाना शीर्षक अन्तर्गत चामल तथा गहुँको पिठोको उत्पादन समीक्षा वर्षमा १८०.० प्रतिशत र १३०.७७ प्रतिशतले वृद्धि भई क्रमशः ७० मट्रिक टन र ३० मेट्रिक टन पुगेको छ । गत वर्ष सोही अवधिमा चामलको उत्पादनमा १०।७१ प्रतिशतले ह्रास भई २५ मेट्रिक टन कायम भएको थियो भने गहुँको पिठोको उत्पादन १८.१८ प्रतिशतले वृद्धि भई १३ मेट्रिक टन पुगेको थियो ।
त्यस्तैगरी, समीक्षा वर्षमा पशु दानाको उत्पादन ३६.३६ प्रतिशतले वृद्धि भई १५ मेट्रिक टन पुगेको छ भने अघिल्लो वर्ष १० प्रतिशतले वृदि भई ११ मेट्रिक टन पुगेको थियो । गत आर्थिक वर्षमा प्रशोधित चियाको उत्पादन ४.५५ प्रतिशतले वृद्धि भई २३ मेट्रिक टन पुगेको छ । त्यस्तै, कागज तथा कागजजन्य उत्पादन १४.२९ प्रतिशतले वृद्धि भई ४० मेट्रिक टन र प्लास्टिकका सामानको उत्पादन १६०.० प्रतिशतले वृद्धि भई १३ मेट्रिक टन पुगेको छ । समीक्षा वर्षमा नमुना छनोटमा परेका उद्योगहरूमा प्रशोधित दूधको उत्पादन १५.३८ प्रतिशतले वृद्धि भई १५,००,००० लिटर पुगेको छ भने अघिल्लो वर्षको सोही अवधिमा यस्तो उत्पादन १८।७२ प्रतिशतले वृद्धि भई १३,००,००० लिटर पुगेको थियो ।
त्यस्तै, समीक्षा वर्षमा शुद्ध पिउने पानीको उत्पादनमा २०।.३ प्रतिशतले गिरावट आई ७,६५,००० लिटर कायम भएको छ भने अघिल्लो आर्थिक वर्षमा सो उत्पादन १०.८ प्रतिशतले वृद्धि भई ९,६५,००० लिटर पुगेको थियो । त्यसैगरी समीक्षा वर्षमा चिरेको काठको उत्पादन २५।० प्रतिशतले गिरावट आई १५,००० क्यू फिट पुगेको छ भने अघिल्लो वर्ष सोही अवधिमा सो उत्पादन ३३.३३ प्रतिशतले वृद्धि भई २९,००० क्यू फिट पुगेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार