बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

एब्सुलेट कर्पाेरेट फुटसल फाइनल आगामी शनिबार

आइतबार, भाद्र ८ २०७६

काठमाडौं (जस)–चौथो संस्करणको एब्सुलेट कर्पाेरेट फुटसल प्रतियोगिताो फाइनल शनिबार हुने भएको छ । आयोजक एब्सुलेट इभेन्ट प्रालिले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिताको क्वाटरफाइनल, सेमिफाइनल र फाइनल आउदो शनिबार हुने उल्लेख गरेको छ । गत शुक्रबारदेखि शुरु भएको प्रतियोगितामा विभिन्न १६ कर्पाेरेट हाउसहरुले सहभागिता जनाएका थिए । सहभागी टोलीलाई चार समूहमा विभाजन गरी लिग कम नकआउटको आधारमा खेलाइएको थियो । हरेक समूहबाट शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाएका थिए ।
बुद्ध एयर, हुवेइ, जनता बैंक र चौधरी ग्रुपले समूह विजेता बन्दै क्वाटरफाइनलमा स्थान बनाएका थिए । गोर्खा ब्रेअरी, होटेल अन्नपुर्ण, एनसेल (सेतो) र हिमालय एयरलाइन्सले समूह उपविजेताको रुपम क्वाटरफाइनलमा स्थान बनाउन सफल भएका थिए । क्वाटरफाइनलमा बुद्ध एयर र गोर्खा ब्रेअरी, हुवेई र होटेल अन्नपुर्ण, जनता बैंक र एनसेल तथा चौधरी गु्रप र हिमालय एयरलाइन्सबीच खेल हुनेछ । सोही दिन नै सेमिफाइनल र फाइनल खेल हुने आयोजकले जनाएको छ । सबै खेल फिल्ड फुटसल सानेपामा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार