काठमाडौ (जस)–नेपालका चर्चित पौडी खेलाडी सैयद हम्जा शाहले अन्तरास्ट्रिय पौडी महासंघ को आयोजनामा हंगेरी को बुडापेस्स्टमा संचालन भई रहेको ७ औ फिना विश्व जुनिअर पौडी पतियोगीतामा २ वटा नयाँ राष्ट्रिय किर्तिमान कायम गर्न सफल भएका छन्।
किर्तिमान कायम गर्न सफल हम्ज़ाले १०० मिटर बटर फ्लाई मा आनन्द लेप्चा ले सन् १९८९ मा बनाएको १–०३ – ४३ मिनेटको राष्ट्रिय किर्तिमान लाइ तोडेका छन।

उनले १– ०१– २२ मिनेट ले तोड्दै आफ्नो नाममा सो कीर्तिमान राख्न सफल भएका हुन। निकैनै प्रतिस्पर्धात्मक रहेको सो प्रतियोगितामा हम्जले उत्कृष्ट प्रदर्शन गरेका थिए।

उनले ५० मिटर बटर फ्लाई २७ – ५५ सेकेन्ड मा पुरा गरि नयाँ राष्ट्रिय किर्तिमान कायम गरेका छन्। सानै देखि पौडीका शौखिन उनी कडा मेहनत र परिश्रमले मात्र सफलता हासिल गर्न सकिन्छ भन्ने बिश्वास गर्छन्।नेपालको इज्जत राख्न सफल भएका उनी खेलको माध्यम द्वारा नेपाललाई चिनाउन पाएकोमा गर्ब गर्छन।