मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

मानव जगतको सुखदुखको सारथी र कतार राष्ट्रिय दिवस २०२३

कुवेतका अमीर अल सुबाहको निधनको कारण महत्वपूर्ण कार्यक्रमहरु रद्द

सोमबार, पुष २ २०८०

दोहा, कतार । विगतमा जस्तै यस वर्ष पनि १८ डिसेम्बरमा पर्ने हाम्रो कर्मभूमि कतारको राष्ट्रिय दिवसका अवसरमा दर्ब अल साई २०२३ का कार्यक्रमहरु पछिल्लो साताको आइतबार साँझ सुरु भएका छन् । कतारको उत्तरी शहर उम्म सलाम मुहम्मद स्थित दर्ब अल साईका कार्यक्रमहरु विशाल जनसमुदायबीच कतारी झन्डोत्तोलन, राष्ट्रिय गान र ऊँट तथा घोडाको परेडका साथ सुरु भएको हो । संस्कृति मन्त्रालयले दर्ब अल साईमा कतारको सम्पदा जीवनलाई झल्काउने जीवन्त वातावरणमा नागरिक र बासिन्दाहरूलाई स्थल र समुद्र दुवैको कतारी संस्कृति उजागर गर्ने गतिविधि समावेश गरेको छ । दर्ब अल साईको प्रमुख समारोह मध्येको एक अल मक्तार तथा अल इज्बाह हो । अल मक्तार कतारको परम्परागत रीति र प्राचीन समयको मरुभूमिको जीवनको प्रतिबिम्ब हो ।

यसमा कतारको परम्परासँग दर्शकलाई परिचित गराउने तथा आदिवासी बोली र स्थल एवं जहाजी विद्याको बुझाइ जस्ता धेरै सीप र अनुभव प्राप्त हुने उद्देश्यका गतिविधि पनि समावेश हुन्छन् । अल मक्तारमा बाजपालन र शिकार, अल सादु जस्ता महिलाका शिल्प र दुग्ध उत्पादनसँग सम्बन्धित धेरै टेन्टहरु हुन्छन् । अल इब्जाहमा बालबालिकाले ऊँट चढ्न र उनीहरुसँग व्यवहार गर्न सिक्छन् । अल मक्तार र अल इज्बान दुवैको उद्देश्य यात्राको क्रममा विगतका पुस्ताले झेलेका कठिनाइ र अझै पनि उनीहरुको धर्म, भूमि, चलन र परम्परामा कायम तरिकाहरू बताउने उद्देश्य राख्छन् ।
यसमा समुद्र र कतारको समुद्री सम्पदासँग सम्बन्धित गतिविधि पनि समावेश हुन्छ । यसमा खेलहरु र वर्तमान संस्कृतिसँग सम्बन्धित संग्रह पनि छ । यस वर्षको दर्ब अल साईका कार्यक्रममा वातावरण तथा जलवायु परिवर्तन मन्त्रालयलगायत थुप्रैले भाग लिएका छन् । उक्त मन्त्रालयले कतारको वन्यजीवन प्रदर्शन गर्नेछ । उसको प्याभिलियनमा विभिन्न किसिमका वनस्पति र सचेतना बढाउने खालका कार्यक्रम हुनेछन् ।
कतारी परिवारहरुले विभिन्न लोकप्रिय उत्पादन र खाना प्रदर्शन गर्नेछन् । अल सकाबले घोडचढीसम्बन्धी गतिविधि गर्नेछ । यसको उद्देश्य अरबी प्रजातिका घोडा र कतारमा घोडचढीको महत्वमाथि प्रकाश पार्नु हो । अल शकाब घोडालाई माया गर्न, बालबालिकालाई घोडा चढ्न प्रोत्साहन दिने र अरबी सम्पदाको अभिन्न अंग घोडचढीको विस्तार गर्न चाहन्छ । यसले आफ्ना एकेडेमीका राइडर्सहरुबाट पोनी राइडिङ, सम्पदा प्रदर्शनी र मार्च पनि प्रदर्शन गर्नेछ । संस्कृति मन्त्रालयले कतारी संस्कृतिलाई बलियो बनाउने विभिन्न सांस्कृतिक र कलाकारितासम्बन्धी कार्यक्रम गर्नेछ । फोटोग्राफी सेन्टरले कतारी फोटोग्राफरका तस्बिरहरु प्रदर्शन गर्नेछ भने भिजुअल आर्ट सेन्टरले तीनवटा चित्रकला प्रदर्शनी गर्नेछ ।
उसले अरेबिक लिपिलेखन, सेरामिक क्राफ्ट लगायतको कार्यशाला गर्नेछ । सेन्टर फर थिएटरले पनि ५० वर्षभन्दा लामो कतारी थिएटरको इतिहास झल्काउने थुप्रै सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछ । कतारी संस्कृतिको कथा बताउने कठपुतली सो पनि हुनेछ । कार्यक्रममा बालबालिका सम्बन्धी गतिविधि, साना बाहन ड्राइभिङ फुटबललगायतका क्रियाकलाप हुनेछन् । सांस्कृतिक सम्पदासम्बन्धी कार्यक्रम पनि हुनेछ । सांस्कृतिक सेमिनार र कविता साँझ पनि आयोजना हुनेछ । दर्ब अल साईको द्वार सर्वसाधारणका लागि दिउँसो ३ बजेदेखि राति ११ बजेसम्म खुला रहनेछ ।
कार्यक्रम १ लाख ५० हजार वर्गमिटरको स्थायी ठेगानामा हुनेछ । यहाँ दर्शकको सजिलो र सुरक्षाका लागि उच्चस्तरका उपकरण, सेवा र सार्वजनिक सुविधा उपलब्ध छन् । दर्ब अल साईको डिजाइनले आधुनिकतासहितको वास्तविक कतारी वास्तुकला सम्पदा पनि झल्काएको छ । भिजुअल आर्ट सेन्टरले कला प्रतियोगिता, सेरामिक कार्यशाला, लियुआन कला, अरेबिक हस्तलिपि कार्यशाला, क्यारिकेचर चित्रण कार्यशाला र कतारी परम्पराको प्रदर्शनी गर्नेछ । कला प्रदर्शनीअन्तर्गत दर्शकले दर्ब अल साई कोरिडरमा रहेका कतारका महत्वपूर्ण स्थलको चित्र कोर्ने मौका पाउनेछन् । बालबालिकाका लागि साना सवारीसाधन चलाउने, फुटबल खेल्ने र अन्य गतिविधिमा सहभागी हुने अवसर छ ।
कतारको राष्ट्रिय दिवसको अवसरमा आयोजना हुने कार्यक्रमहरु । यद्यपि मित्रराष्ट्र कुवेतका अमीर शेख नवाफ अल अहमद अल जाबर अल सुबाहको असामयिक निधनको कारण विभिन्न महत्वपूर्ण कार्यक्रमहरु रद्द गरिएको छ । सुबाहको असामयिक निधको कारण अन्तिम अवस्थामा आएर पुर्व निर्धारित सम्पुर्ण मनोरञ्जनात्मक तथा राष्ट्रिय दिवसका सबै समारोह र कार्यक्रमहरु रद्द हुन पुगेको छ्न।निजि क्षेत्रमा एक दिन मात्र भुक्तानी सहितको बिदा हुनेछ । यस्तै कतारस्थित नेपाली दूतावास सोमबार बन्द हुने भएको छ । दूतावासले शनिबार सूचना प्रकाशित गर्दै डिसेम्बर १८ तारिक कतारको राष्ट्रिय दिवसको अवसरमा कार्यालय बन्द हुने जनाएको हो । डिसेम्बर १९ मंगलबारबाट दूतावासको कार्यालय पुन सञ्चालनमा आउने छ ।
तथापि राष्ट्रिय दिवसको अवसरमा केही कार्यक्रमहरु आयोजना हुनेछन् । यसपटक कतारले २ दिन सार्वजनिक छुट्टी दिएको छ भने शुक्रबार र शनिबार बिदा हुनेहरुको निम्ति भने ४ दिन लामो छुट्टी हुने भएको छ । बिगतमा कतारको विभिन्न स्थानमा हुने सैन्य परेड प्रदर्शनी तथा कार्यक्रमहरु केही वर्ष यताबाट उत्तरी शहर उम्मे सलाल मोहम्मद स्थित दर्ब अल साईमा हुँदै आएको छ । यसै स्थानलाई विभिन्न मनोरञ्जनात्मक एवं प्रदर्शानीहरुको मुख्य केन्द्र मानिएको छ । जहाँ कतारको संस्कृति तथा पुरातात्त्विक मन्त्रालयको तत्वअवधानमा विभिन्न कार्यक्रमहरुको आयोजना हुँदै आएको छ । जहाँ झण्डोत्तोल लगायत बालबालिकाको बिशेष कतारी परम्परागत नृत्य संस्कृतिक झाँकी प्रदर्शनी घोडा र उँटको सवारी जस्ता कार्यक्रमहरु आयोजना हुनेछन् ।
यो गत साता १० डिसेम्बर बाट शुरु भएर आज १८ डिसेम्बर राती ११ बजे सम्म जारी रहनेछ । यहाँ प्रवेश निशुल्क छ भने यसको प्रमुख द्वार दिनको ३ बजे खुल्दछ। कतारले यस वर्ष ६ महिने लामो दोहा एक्स्पोको आयोजना समेत गरेको हुनाले दोहा एक्स्पोको मुख्य आयोजना स्थल अल बिदा पार्कमा समेत विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ । जहाँ विभिन्न देशका प्रदर्शनी स्थल तथा व्यवसायीक स्टलहरु राखिएको छन् । यहाँ १० डिसेम्बर देखि २० डिसेम्बर बेलुकी ७ः३० देखि ९ः३० बजे सम्म हरेक दिन कल्चरल जोनमा ड्रोन लाइट शो कार्यक्रमको आयोजना गरिएको छ । यहाँ पनि प्रवेश शुल्क निशुल्क रहेको छ । अल बिदा पार्कमा अन्य विभिन्न कार्यक्रमहरुको आयोजना गरिने भएको छ ।
कतार विश्वमा शान्ति स्थापनार्थ निकै सङ्ग्रहर्ष रहेको कुरा पछिल्लो प्यालेस्टाइन इजरायल युद्धलगायत अफ्गान अमेरिकी शान्ति सुडानको डारफोर र जिबोटी शान्ति मिशन तथा सम्झौता बिश्वका विभिन्न युद्ध ग्रस्थ मुलुकहरुमा शान्ति स्थापनाको निम्ति खेलेको भुमिका बिश्वजगतको निम्ति नै उदहारणिय एवं सरहानिय रहेको छ । यसवर्ष कतारले यसै अक बिदा पार्कमा १७ डिसेम्बर अपरान्ह २ देखि ५ बजे विश्व शान्तिको निम्ति परेवा उडाएर कार्यक्रम गर्ने भएको छ । अल रैयान नगरपालिकाले आयोजना गर्ने यस कार्यक्रममा नगरपालिका मन्त्रालयले सबैलाई सहभागिता जनाउन अनुरोध समेत गरेको छ।प्यालेस्टाइन जनताप्रती सहानुभूति जनाउन त्यहाँका महत्त्वपूर्ण एवं ऐतिहासिक वस्तु प्रदर्शन गर्न तोरबा मार्केट अल मुल्तका सेन्टर कतार फाउन्डेसन स्थित मार्जेटिङ्ग डे भनेर कार्यक्रमको नामाकरण गरिएको छ ।
यहाँ कतारमा रहेको प्यालेस्टाइनी आप्रवासीहरुको आफ्नो संस्कृतिक झाँकी प्रस्तुत गर्नेछन भने प्यालेस्टाइनी र कतारी खानाका परिकारहरुको स्वाद लिन पाइनेछ । यहाँ प्यालेस्टाइनी जनताको सहयोगको निम्ति फन्ड राइजिङ्ग कार्यक्रम पनि राखिएको छ । यसको समय बेलुका ८ देखि ९ बजे सम्म रहेको छ । प्यालेस्टाइनी नागरिकहरुले यहाँ आफ्ना विभिन्न कार्यक्रम देखाएर कतारको राष्ट्रिय दिवस मनाउने तालिका रहेको छ। बि १२ वेष्ट बे स्थित दोहा बिच क्लबमा बालबालिकाको निम्ति विभिन्न कलात्मक पेन्टिङ लगायतका कार्यक्रमहरुको आयोजना गरिएको छ । यसैगरी मुशैरिब डाउन टाउनमा अपरान्ह ४ देखि ८ बजे सम्म विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ । मल अफ कतारमा १४ देखि २३ डिसेम्बर सम्म राष्ट्रिय दिवसको अवसर पारेर विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ । यहाँ हट एयत बेलुनबाट रोमान्चित हुने अवसर पनि रहेको छ ।
कतार नेशनल ल्याब्रेरी र कतारा कल्चरल भिलेजमा पनि कार्यक्रमहरुको आयोजना गरिएको छ । यद्यपि यसवर्ष सरकारी समारोह भने नहुने जानकारी गराइएको छ । जसको कारणहरु मध्ये एक भनेको प्यालेस्टाइनी जनता प्रतिको सहानुभूति पनि रहेको छ । कतारको यस ऐतिहासिक दिनको उपलक्ष्यमा म कतारमा रहेको नेपाली समाजको तर्फबाट सर्वप्रथम सम्माननिय अमीर शैख तमीम बिन हमद अल थानी ज्युको जुनाफमा मौसुफ सरकारको सु स्वास्थ्य दिर्घायुको कामना गर्दै कर्मभुमी कतारको चौतर्फी बिकास उन्नति प्रगति र यहाँका कतारी जनताको उत्तरोत्तर प्रगतिको कामना गर्दछु । जय कतार जय नेपाल नेपाल कतार मैत्रीपुर्ण सम्बन्ध सदैव अमर रहोस । (प्रोफेसर मोहम्मद रमजान अली मियाँ अध्यक्ष नेपाल कतार मैत्री समाज) ।

 

जनसवाल राष्ट्रिय दैनिकको २०८० पुस २ गते सोमबारको इपेपर

जनसवाल राष्ट्रिय दैनिकको २०८० पुस २ गते सोमबारको इपेपर

प्रतिक्रिया
सम्बन्धित समाचार