यतिबेला नेपालीहरुलाई एनआरएनए कोरियाको चुनावी सरगर्मी लागिसकेको छ सामजिक सन्जाल, रेस्टुरेन्ट होस या साथिभाइ जमघट सर्बत चर्चा छ अधिबेशन को।नयाँ नेतृत्वको लागि ३ जनाको उम्मेदवारी लगभग निश्चित भएको छ। निर्वाचन समितिले बिधीवत रूपमा निर्वाचनको गतिविधि सार्वजनिक गर्नु अगावै तथा बिधान मर्स्योदा समितिको गठन प्रक्रियाको अन्तिम टुंगो नलाग्दै २ दर्जनभन्दा बढीले आफ्नो उम्मेदवारी अन्लाईन मिडियाबाट प्रचारप्रसार गरिरहेका छ्न यस्ता प्रबृत्ति लाई रोकथाम गर्न एनआरएन कोरिया बेलैमा सजग हुनुपर्ने देखिन्छ ।
अरुबेला यहाँ रहेका नेपाली समुदायको एनआरएन प्रतीको हेर्ने नजर खासै आकर्षक नहुनु, निर्वाचनको पुर्बसन्ध्यामा सदस्यता खुल्ला गर्नु यहाँ रहेका नेपालीलाई मात्र मतदाताको रुपमा सिमित गर्न खोज्नु एनआरएन कोरियाको ठुलो कमजोरी मान्न सकिन्छ। एनआरएन कोरियाका अभियान्ताहरु एकले अर्काको अस्तित्व स्वीकार नगर्नु, आरोप प्रत्यारोप लगाउनु, सस्थाको गरिमाको ख्याल नगरी आफुखुसि कार्यक्रम सन्चालन गर्नु, पुराना अभिलेख सार्बजनिक नगर्नु, आर्थिक पारदर्शीता नदेखाउनु , बार्सिक साधारणसभा नबोलाउनु यी कयन्न विषयहरु एनआरएन कोरियाको कमजोरि भएको सबैको बुझाइ छ ।
करिब ४५ हजार नेपाली रहेको कोरियामा मात्र २ हजार ९००को हाराहारीमा नया आवेदन दर्ता भएका छ्न यसरी हेर्दा एनआरएनको गरिमा प्रती अपनत्व बोधगराउन नसक्नमाु एनआरएन कोरियाका संरक्षक , सल्लाहकार तथा यो सङ्ग सम्बन्धित अभियान्ताहरु चुकेको जानकारहरुको भनाइ छ ।
एनआरएन कोरियाको क्रियाकलाप आम कोरियाबासी नेपालीले बुझेकै हुन अझै पनि नेपालीहरु अबको नेतृत्व सन्तुलन , सक्षम ,सशक्त आओस भन्ने चाहन्छ्न, बिगतका कमिकमजोरी हरु लाई सुधार्दै नवीन एनआरएन कोरिया उदाउन भन्ने चाहना उनिहरुको छ ।
यसैको सेरोफेरोमा रहि नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले आयोजना गरेको साझा बहस कार्यक्रमको सम्पुर्ण तयारि पुरा भएको छ ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको सातौ अधिबेसन नजिकै गर्दा यसैलाइ लक्षीत गर्दै साझा बहस कार्यक्रमको आयोजना गरियको हो । विशेष गरेर एनआरएनए कोरिया सम्बन्धी विषय बस्तुमा केन्द्रीत रहने सो कार्यक्रमा एनआरएनएको बारेमा दक्षिण कोरियामा रहेका आम नेपालीको बुझाइ,बेलाबेलामा उठ्ने गरेका विभिन्न टीकाटीप्पणी,जनगुणासोको बारेमा व्यापक छलफल हुनेछ ।
त्यसैगरि कार्यक्रममा बर्तमान कार्यसमितिको काम र प्रतिबद्धता संग जोडियर आएका प्रश्न तथा गुनासाको सम्बन्धित निकायबाट अर्थपुर्ण जवाफ खोजिनेछ भने आगामि नेतृत्व र यसले गर्ने कामको बारेमा उठेका जिज्ञासाको बारेमा घनिभुत छलफल गरिने बताइएको छ ।
साझा बहसमा एनआरएनए कोरियाका अध्यक्ष लक्ष्मी गुरुङ,अध्यक्षका प्रत्यासि उमेदवार विपिन गुरुङ,बुद्धी गुरुङ, यज्ञराज सुवेदी लगायत अन्य पदका प्रत्यासि उमेदवारको सहभागीता रहने नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष रञ्जन राज कुँवरले जानकारि दिनुभयो ।
यहि अगस्ट २५ तारिक आइतबारका दिन प्रवासी मजदुर युनियन हल(एमटीयु)मा हुने कार्यक्रमा एनआरएनए सम्बन्धी आफ्ना जिज्ञासा तथा सुझाब सहित सहभागीता जनाउन कोरियामा रहेका नेपाली संघसंस्थाका प्रतिनिधि,समाजसेवि,बुद्धीजीवि,क्रियाशिल राजनितिक दलका प्रतिनिधि लगायत दक्षिण कोरियाबासी सम्पुर्ण नेपालीलाइ आयोजकले आग्रह गरेको छ ।
साझा बहस कार्यक्रमको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको वेवसाइट सार्बजनिक गरिने कार्यक्रम रहेको महासचिब मिन विकले बताउनुभयो । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको सातौ अधिबेसन आगामि सेप्टेमबर २१ र २२ तारिकमा हुदैछ ।