मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

गीतकार सुक बहादुर गुरुङको “मन त बुढो हजुर हुन्न रैछ नि” कौडा गीत सार्वजनिक(भिडियोसहित)

बुधबार, कार्तिक २९ २०८०

काठमाडौँ,गीतकार सुक बहादुर गुरुङ आफैमा सरल जनमानसको भाषालाई उनेर उत्कृष्ट गीत लेख्ने उत्कृस्ट सर्जक हुन। उनले हालै मौलिक संस्कृतिलाई समेटेर “मन त बुढो हजुर हुन्न रैछ नि” बोलको कौडा (चुट्का) गीत सार्वजनिक गरेका छन । गीतकार गुरुङले आफ्नो सांगीतिक यात्रामा धेरै सुगम आधुनिक गीतहरु सिर्जना गरिसकेका छन । उनले महसुस – १ , महसुस -२ गीती एल्बमका साथै धेरै ख्याती प्राप्त गायक गायिकाहरुले उनको गीतमा स्वर दिएका छन । गिती एल्बम लाई निरन्तरता दिने क्रममा उनले यो पटक मौलिक संस्कृतिलाई अनुभूत गराउने कौडा गीतलाई महसुस -३ मा समेटेका छन ।”मन त बुढो हजुर हुन्न रैछ नि” गीतमा गीतकार गुरुङले सबैको जिबनमा घटिरहने तथा मानव अन्तरमनको भावनालाई गीत मार्फत मिठो शैलीमा प्रस्तुत गरेका छन । जसमा प्रख्यात बरिष्ठ गायक राजेश पायल राइ, चर्चित गायिका तारा सिरीष मगर लगाएत कलाकारहरुको मिठो स्वरले सजिएको छ । यस कौडामा आधारित गीतमा कुशल गायक तथा संगीतकार राम कुमार गुरुङ (आर के) को मिठो संगीत रहेको छ । यस गीतमा मनाङ गुरुङको निर्देशन र सन्तोषी गुरुङको रोचक नाचको कोरियोग्राफ देख्न सकिन्छ। जसमा गुरुङ फिल्मका चर्चित बरिष्ठ कलाकारहरु माओत्से गुरुङ र राजनी गुरुङको सशक्त अभिनयले गीतको भिडियो सुन्दर बनेको छ । गुरुङ संस्कार संस्कृति झल्किने पोशाक सहित तमु समाज तनहुँ काठमाडौंको आमा बाबाहरुको सहभागीताले नेपाली मौलिकताको नमूना मुखरित भएको छ गीतमा । उक्त गीतको छायाँकारमा नबराज उप्रेती रहेका छन भने बिष्णुहरी तिमल्सिनाले भिडिओ सम्पादन गरेका छन । समग्रमा गीतले धेरै दर्शक स्रोताहरुको मन जित्न सफल हुने छ भन्ने कुरामा गुरुङ आशवादी रहेका छन ।
सफल ब्यावसायी गुरुङको संगीत सौखिन भए पनि उनले लेखेका सबै गीतहरु उत्कृस्ट बनेका छन ।
गुरुङले “मन त बुढो हजुर हुन्न रैछ नि” भन्ने गीतमा आफूले सबैको जिबनमा घटिरहने तथा मानव अन्तरमनको भावनालाई गीत मार्फत प्रस्तुत गर्ने प्रयास गरेको बताए । उनले आफ्ना पुराना गीतहरुजस्तै यो गीतलाई पनि सवैले मन पराई दिनु हुनेछ भन्ने आशा गरेको बताए ।

उक्त गीतको भिडियो लिंक

प्रतिक्रिया
सम्बन्धित समाचार