बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

एनआरएनए कतारले भूकम्प पीडितलाई सहयोग गर्ने

शनिबार, कार्तिक १८ २०८०

काठमाडौँ,गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारले जाजरकोट भूकम्प पीडितलाई सहयोग गर्ने भएको छ । एनआरएनए कतारका अध्यक्ष रमेश भट्टले शनिबार विज्ञप्ति जारी गर्दै कतारमा स्थापित सम्पूर्ण संघ–संस्थाहरुसँग समन्वय एवं नेपाली राजदूतावास कतारसँग सहकार्य गरेर नेपाल सकारलाई छिट्टै सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन ।
‘गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार मातृभुमिमा परेको हरेक समस्यामा सदा झै सहयोग गर्न प्रतिवद्ध रहेकोले भुकम्पबाट प्रभाति क्षेत्रमा तत्काल उद्धार तथा राहतको लागि कतारमा स्थापीत सम्पुर्ण संघ–संस्थाहरु सँग समन्वय एवं नेपाली राजदुतावास कतार सँग सहकार्य गरेर नेपाल सकारलाई छिट्टै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।
जाजरकोट जिल्लाको रामीडाँडा आसपास केन्द्रविन्दु बनाएर शुक्रबार राति ६.४ रेक्टर स्केलको भुकम्प गएको थियो ।
भूकम्पबाट जाजरकोट र रुकुम पश्चिमसँगै विभिन्न स्थानमा भएको मानविय एवं भौतिक क्षतीमा भट्टले गहिरो दुःख व्यक्त गरेका छन् ।
उनले भुकम्पमा परेर ज्यान गुमाएका प्रति हार्दिक श्रद्धाजली अर्पण गर्दे घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार