काठमाडौँ ,गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा गएरातिदेखि अनलाइन मतदान जारी रहेको छ । जारी मतदानमा अध्यक्षका उम्मेदवार आरके शर्माको पक्षमा माहोल देखिएको छ । उनी फ्रेस उम्मेदवार र पहिलो पटक मध्यपूर्वलाई नेतृत्व दिनुपर्ने भन्दै युरोप,एशिया,ओसेनियादेखि अमेरिका क्षेत्रका डेलिगेट्सले पक्षमा मतदान गरेका छन् । यस्तै मध्यपूर्वबाट उनलाई भारी मत परेको बताइएको छ ।
यसैबीच गोप्यरुपमा गरिएको आन्तरिक मत सर्वेक्षणमा आरके तीन जना उम्मेदवार भन्दा अगाडि देखिएका छन । अध्यक्षका उम्मेदवार रविना थापाले महेश श्रेष्ठलाई समर्थन गर्दासमेत उनी नै अगाडि देखिएका हुन् । आरके भन्दा बद्री केसी पछाडि देखिएका छन् ।
आरके शर्मालाई एकीकृत नेपालको सत्ता गठबन्धन दल निकट प्रवासी संघ संगठनहरुले समर्थन गरेका छन् । एकीकृत समाजवादी, जसपा, नेकपा माओवादी केन्द्र निकट प्रवासी संगठनका साथै कांग्रेस निकट जनसम्पर्क मञ्चको ठुलो हिस्सा समेत आरकेको साथमा देखिएको हो ।
चुनावमा आरकेको पक्षमा श्रमिक वर्गको प्रतिनिधित्व गर्ने डेलिगेट्सहरु पनि देखिएका छन् । जसका कारण महाधिवेशन स्थल होटल सोल्टीदेखि विश्वभर माहोल देखिएको एक अभियन्ताले दाबी गरे । अनलाइन भोटिङका साथै होटल सोल्टीमा भेला भएका एनआरएनएहरुले पनि मतदान गरेसँगै निर्वाचन सम्पन्न हुनेछ । निर्वाचन समितिका सदस्य चिरञ्जिवि ढकालले आज मध्यरातमा चुनाव सकिएर त्यसको केहीबेरमै अन्तिम नतिजा आउनेछ ।
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]