मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

पुडासैनी आत्महत्या प्रकरण : लामिछानेसहित तीनै जनामाथि अनुसन्धानका लागि म्याद थप्न जिल्ला अदालत लगिँदै

मंगलबार, भाद्र ३ २०७६

चितवन / पत्रकार रवि लामिछानेसहित तीन जनालाई हिरासत मै राखेर अनुसन्धान गर्ने म्याद थप गर्न मंगलबार जिल्ला अदालत लगिँदैछ ।

पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई म्याद थप गर्न मंगलबार अदालत लगिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो ।

गएको बिहिबार काठमाण्डौबाट पक्राउ गरेर चितवन लगिएका उनीहरुलाई पाँच दिन हिरासतमा राखेर अनुसनधान गर्न अदालतले दिएको समय सोमबार सकिए पनि अनुसन्धान बाँकी नै रहेकाले म्याद थपको लागि मंगलबार जिल्ला अदालत लैजान लागिएको हो ।

पुडासैनीको पोष्टमार्टम रिपोर्ट आइसकेको र तीन जनाकै प्रारम्भिक चरणको बयान सकिएको जानकारी उहाँले दिनुभयो । पोष्टमर्टम रिपोर्टमा पत्रकार पुडासैनीकोे आत्महत्या कै कारण ज्यान गएको उल्लेख गरिएको छ ।

पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा पत्रकार रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीका कारण आफू मर्न बाध्य भएको बताएकाले प्रहरीले तीनै जनालाई पक्राउ गरी घटनाबारे अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार