मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

यू–१९विश्वकप छनोट : मलेसियाविरुद्ध बलिङ गर्दै नेपाल

सोमबार, बैशाख २ २०७६

गाउँ बेशी – २०७६, २ बैशाख सोमबार ०८:५२8

काठमाडौं-आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि जारी एसिया छनोटको तेस्रो खेलमा नेपालले अहिले घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

मलेसियाको क्वालाम्पुरस्थित बायुमास ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि मलेसियाले ब्याटिङ गर्देछ ।

प्रतियोगितामा नेपालले दुई खेल खेलेकोमा एक जित र एक हार व्यहोरेको छ । सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा यूएईसँग भने वर्षाका कारण डकवर्थ लेविस मेथडका आधारमा १ रनले पराजित भएको थियो ।

विश्वकपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाल घरेलु टोलीविरुद्ध सहज जितको खोजीमा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार