क्यानाडा / गैर आवासिय नेपाली संघ क्यानाडाको १२ औं राष्ट्रिय सम्मेलन टोरोन्टोमा सकिएको छ । चिरन्जिवी घिमिरेको अध्यक्षतामा १३ सदस्यिय कार्यसमिती चयन भएको छ । अघिल्लो कार्यकालमा महासचिवका हैसियतमा काम गरेका घिमिरे पेशाले नर्स हुन् । उनी झन्डै एक दशकदेखी स्थायी रुपमा क्यानाडा बसोबास गर्दै आएका छन् ।

यस्तै उपाध्यक्षमा स्कार्बोरो क्षेत्रबाट निर्बाचित हेमन्त थापा ( उज्वल ), सस्काचुन, बिसी, एड्मन्टन, क्याल्गरीबाट नेत्त्रित्व गर्दै अर्जुन कुमार बिके र मिसीसागाबाट बिजय पौडेलले उपाध्यक्षको जिम्मेवारी लिने भएका छन् त्यस्तै महासचिवमा ब्राम्टोनबाट निर्वाचित पिताम्बर भट्टराई , सचिवमा फडिन्द्र श्रेष्ठ चयन भएका छन् । कोषाध्यक्षमा टोरोन्टोका सरोज भट्टराई निर्वाचित भएका छन् । निर्वाचन समितिले पुर्व अध्यक्षहरु तुल्सी सापकोटा र गोपी कृष्ण काफ्लेलाई आईसिसी सदस्यमा मनोनित गरेको छ । त्यस्तै गरी एनसीसी सदस्यमा ब्राम्टोनबाट नेत्र खतिवडा (दिनेश), मिसिसागाबाट तुला भट्टचन, क्याल्गरीबाट अनन्त आचार्य सास्काचुनबाट देबेन्द्र सुबेदी, मनिटोवाबाट शुशिल दोरङा चयन भएका छन् ।

नयाँ कार्य समितीको पहिलो बैठकले ४ रिक्त पदमा मानोनित सदस्यहरु नियुक्त भएका छन् । जसमा युवा संयोजक इश्वर खत्री महिला संयोजक सुजता गुरुङ पश्चिम ओन्टारिओबाट रविन्द्र घिसिङ ओटावाबाट सन्तोष बराल एनआरएनए क्यानाडा राष्ट्रिय समन्वय समिती रहेर काम गर्ने भएका छन् । सम्मेलनमा टोरोन्टो आसपासका नेपाली समुदाय, नेपाली संघ संस्थाका प्रतिनिधिहरु, क्यानाडाका विभिन्न क्षेत्रबाट प्रतिनिधीहरु सहभागी थिए । सम्मेलनमा क्यानाडाका लागि नेपाली राजदुत ब्रिगु ढुंगाना, जनरल काउन्सुलर डाक्टर कुन्जन शर्मा एनआरएनए आइसिसीका उपाध्यक्ष कुल आचार्य, आवासिय नेपाली संघ नर्थ अमेरिकाका संयोजक गौरी जोशी, डेपुटी रिजनल कोअडिनेटर रविन शेरचन,अमेरिकाका पूर्व अध्यक्ष डाक्टर केशब पौडेल, आईसीसी सल्लाहकार हरिबोल भण्डारी, आईसिसी सदस्य बेद राज बस्नेत , एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाह, एनआरएनए आईईसिसी सदस्य नवराज गुरुङ, प्रमिला बस्नेत, अभिमन्यु बस्नेत, चन्द्र अधिकारी लगायतको उपस्थित रहेको थियो ।










