शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एनआरएनए बेल्जियममा सर्बसम्मत नेतृत्व : अध्यक्षमा सुबेदी, महासचिवमा धमला, युवा संयोजकमा दनै र आईसिसि सदस्यमा जोशी र पन्थी सर्बसम्मत

सोमबार, भाद्र २ २०७६

बेल्जियम / गैर आबसीय नेपाली संघ बेल्जियमको अध्यक्षमा चित्र सुबेदी निर्बाचित भएका छन । आईतवार सम्पन संघको अधिबेशनबाट सर्बसम्मतरुपमा चित्र सुबेदीको अध्यक्षतामा बनेको कार्य समितिको ऊपाध्यक्षहरुमा अनुजा प्रधान, आङमाया लामा, खडक केसी, गंगा शर्मा, घनश्याम काफ्ले, नारायण सिलवाल र महिला उपाध्यक्षमा हरी भट्टराई रहेका छन । यसैगरी आईसिसी सदस्यमा सुबाश जोशी (सन्तोष ) र कमल पन्थी रहेका छन । यस्तै नयाँ कार्यसमितिको महासचिबमा तिर्थ धमला, सचिबमा कर्ण अधिकारी, जनक सुबेदी र दिपक न्यौपाने छन भने कोषाध्यक्षमा प्रकाश गिरी, सहकोषाध्यक्षमा जिबन शर्मा रहेका छन ।

यस्तै नयाँ कार्यसमितिको युबा संयोजकमा काशी दनै , महिला संयोजकमा शुशिला खतिवडा र सदस्यहरुमा कुलबहादुर कार्की, सुमन बराल, दौलत कुमार साम्ब, ज्ञानेन्द्र घिमिरे, सुबाश भट्ट, कुम शाही, भरत पन्त, मदन दवाडी, सुजन ढकाल, मिनदोर्जे थापा, चेत नारायण दाहाल , राम प्रसाद शर्मा, कमल सिटौला रहेका छन । यस्तै महिला सदस्यमा गीता लामा, रस्मिना गिरी राजभन्डारी र सरस्वती सुबेदी सर्बसम्मत निर्बाचित भएका छन । एनआरएनए बेल्जियमले पहिलो अधिबेशन पछी सातौ अधिबेशनमा आएर सर्बसम्मत नेतृत्व चयन गर्न सफल भएको छ ।

एनआरएनए बेल्जियमका अध्यक्ष लोक दाहाल,युरोप संयोजक शिव कुमार बरुवाल , गोविन्द सुवेदी लगाएतको दिनरातको मेहनतले बेल्जियममा सर्बसम्मत नेतृत्व चयन गर्न सफल भएको थियो । कार्यक्रममा उपस्थित अतिथिहरुले निर्बाचित नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिदै सर्बसम्मत नेतृत्व बनाउन पहल गर्ने सबैलाई धन्यवाद दिए । संस्थाको सातौ अधिबेशनको उदघाटन् नेपालको संघिय सँसदको राज्य ब्यबस्था एबम सुशासन समितिकी सभापती शशी श्रेष्ठले गर्नु भएको थियो, बिशिष्ट अतिथिहरुमा पूर्व मन्त्री वीर बहादुर बलाएर, लीलामणि पोखरेल, बेल्जियमका लागि नेपाली राजदुत लोक बहादुर थापा, आईसिसी उपाध्यक्ष कुमार पन्त, सचिब जानकी गुरुङ, युरोप संयोजक शिब बरुवाल रहेका थिए । एनआरएनए बेल्जियमका अध्यक्ष लोक दाहालको शभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार