बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

पाथीभरा गोल्डकपमा मोरङ विजयी

शनिबार, साउन ३२ २०७६

ताप्लेजुङ(जस)–चौथो पाथीभरा गोल्डकप पुरुष फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबारको खेलमा बेलबारी फुटबल क्लब मोरङ विजयी भएको छ । टाइबेकरमा मोरङले घरेलु टोली ताप्लेजुङ–११ लाई ५–४ गोलल पराजित गरेको हो । यस अघि निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
टाइब्रेकरमा मोरङका तर्फबाट पृथ्वी चौधरी, विवेक थापामगर, मौसम सुब्बा, सन्जु श्रेष्ठ र शङ्कर राईले गोल गरेका थिए । ताप्लेजुङका लागि क्रिस राई, सन्तोष लिम्बू, मनिराज लिम्बू र सुशिल लिम्बूले गोल गरे भने विकास शेर्पा गोल गर्न चुकेका थिए । खेलको म्यान अफ दि म्याच मोरङका सूर्य श्रेष्ठ घोषित भए । शनिबार रेड हर्ष क्लब इलाम र फिदिम स्पोर्टिङ क्लबबीच हुनेछ । आगामी भदौ ६ गतेसम्म चल्ने प्रतियोगितामा नेपालको पाँच तथा भारतको एउटा टोली सहभागि छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार