बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

मलेसियामा मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोलीको घोषणा

शनिबार, साउन ३२ २०७६

काठमाडौं(जस)–मलेसियाली च्याम्पियन जोहोर दारुल टा जिमविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोली घोषणा गरिएको छ । घोषणा गरीएको टिममा नियमित कप्तान विराज महर्जनलाई परेका छैनन् । स्विडिस प्रशिक्षक योहान कालिनले विराज बिनाको टिमको घोषणा गरेका हुन् । अन्य कारण भन्दापनि नयाँ खेलाडीलाई अवसर दिन सल्लाहमै विराजलाई बिश्राम दिएको बुझिएको छ ।

त्यस्तै टिममा विराजका अलावा गोलकिपर किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्द समेत परेका छैनन् । अहिले विश्व कप छनोटको तयारीमा रहेको नेपालले दुई खेल अघि भदौ ९ गते मलेसियाली जोहार दारुल टा जिम एफसीसँग खेल्ने छ । त्यसपछि नेपालले विश्व कप छनोटको पहिलो खेल भदौ १९ गते कुवेत र २४ गते चाइनिज ताइपेसँग खेल्नेछ ।
नेपाली टोली
गोलकिपर: विकेश कुथु, एलेन न्यौपाने र विशाल श्रेष्ठ ।
डिफेन्डर: सरोज दाहाल, अजित भण्डारी, दीनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल ।
मिडफिल्डर: सुनिल बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र विशाल राई ।
फरवार्ड: विमल घर्तीमगर, विमल राना, अभिषेक रिजाल र नवयुग श्रेष्ठ । यो मैत्रीपूर्ण खेल भदौ ९ ( अगस्ट २६) गते मलेसियाली जोहार दारुल टा जिम एफसीसँग मलेसियाको पासार गुडांग स्टेडियममा हुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार