काठमाण्डौं(जस) २८ साउन –नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेलाई अमेरिकन राजदुताबासले अमेरिकाको भिसा प्रदान गरेको छ ।जनसवाल दैनिकसँग कुरा गर्दै नेपाली रास्ट्रिय क्रिकेट टोलीका व्यवस्थापक रमनले सन्दिपको भिसा आएको पुस्टि गरेका हुन् ।यस अघि आज बिहान दुताबासले भिसा दिन अस्विकार गरेको थियो भने पछि फेरी फोन गरेर सन्दिपलाई भिसाको लागि दुताबासका कर्मचारीले बोलाएका थिए ।
सेप्टेम्बर चारबाट वेस्ट इण्डिजमा आयोजना हुने क्यारेबियन प्रिमिएर लिगका लागि आज भिसाका लागि गएका सन्दिप आज बिहान खाली हात फर्केका थिए । सन्दिपले आफुले भिसा नपाएकोमा ट्वीटर मार्फत दुखेसो ब्यक्त गरेका थिए । अमेरिकाको फ्लोरिडामा सिपिएलका केहि खेलहरु हुने भएकाले सन्दिपले त्यहाँको भिसाको लागि आबेदन दिएका हुन् ।सन्दिपले आफुले भिसा नपाएको भन्दै ट्वीटर मार्फत दुखेसो पोखेका थिए । उनले यस अघि एस्तो लेखेका थिए म आज आगामी संस्करणको क्यारेबियन प्रिमिएर लिगका लागि भिसाको लागि अमेरिकन राजदुताबास गएको थिए । मैलें सन् २०१६ देखि नेपाली क्रिकेट टोलीका सदस्यका रुपमा विभिन्न प्रतियोगिता खेलेको छु भने विश्वका सबै लिग खेलको छु तर अचम्म लाग्दो मेरो अमेरिकाको भिसा रद्ध भयो ।