बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

सोमपालको टिम विन्नीपेगले जित्यो ग्लोबल टी–२० को उपाधि

सोमबार, साउन २७ २०७६

काठमाडौं(जस)–क्यानाडामा भएको ग्लोबल टी–२० को उपाधि विन्नीपेग ह्वक्सले जितेको छ । आइतबार बिहान सम्पन्न खेलमा विन्निपेगले भान्कोवर नाइटलाई सुपरओभरमा पराजित गर्दै ग्लोबल टी–२० लिगको उपाधि जितेको हो । विन्नी पेगले दिएको १९३ रनको लक्ष्य पछाएको भान्कोवर २० ओभरमा ६ विकेट गुमाउदै १९२ रनमा सिमित भएपछि खेलको निर्णय सुपर ओभरबाट भएको थियो । भान्कोवरका लागि आन्द्रे रसेलले २० बलमा आक्रामक ४६ रनको पारी खेले पनि टिमलाई जिताउन असफल रहे । त्यस्तै शोयब मल्लिकले ३६ बलमा ६४ रन बनाएका थिए ।
यस अघि विन्नीपेगका लागि युएईका शैमान अनवरले ४५ बलमा ९० रनको पारी खेलेका थिए । त्यस्तै क्रिस लिनले ३७, जेपी डुमिनीले ३३ रनको योगदान दिएका थिए । भान्कोभरका लागि आन्द्रे रसेलले ४ विकेट लिएका थिए । सुपर ओभरमा भान्कोवरले २ विकेट गुमाएर केबल ९ रन मात्र बनाएपछि विन्नीपेगले जितका लागि १० रनको लक्ष्य पाएको थियो । विन्नीपेगले सो लक्ष्य ४ बलमा पुरा गर्दै उपाधि जितेको थियो । यस प्रतियोगितामा सन्दीप लामिछाने र सोमपाल कामीले भाग लिएका थिए ।
सन्दीपले यस खेलमा कुल चार खेल खेले भने उनले ४ खेलमा कुल ५ विकेट लिए । जसमा उनको उत्कृष्ट प्रदर्शन ३४ रन दिएर २ विकेट रह्यो । त्यस्तै पहिलो पटक अन्तर्राष्ट्रिय पÞm्रेन्चाइजी टी–२० खेलेका सोमपालका लागि अनुबव बटुल्ने अवसर मात्र बन्यो । उनले यस प्रतियोगितामा एक खेल खेल्ने अवसर पाए भने केवल २ ओभर बलिङ गरे । जसमा उनी महँगो साबित भएका थिए । उनले २ ओभरमा ३३ रन दिए भने ब्याटिंग गर्दै एक रन बनाए ।

प्रतिक्रिया
सम्बन्धित समाचार