काठमाडौं, ३० चैत्र । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आत्मसम्मानको भावना सबैमा जागृत नभएको राष्ट्रिय एकता कमजोर हुने बताएका छन् ।
शुक्रबार मधेशी पत्रकार समाजद्वारा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘ अहिले पनि एउटा वा अर्को समुदायलाई उपेक्षा, विभेद गरे, अधिकारको समानता नभए वा आत्मसम्मानको भावना सबैमा जागृत नभएको खण्डमा राष्ट्र र राष्ट्रिय एकता कमजोर हुन्छ ।’
प्रचण्डले मधेशी, ,मुश्लिम, आदिवासी जनजाति, दलित तथा महिलाको जागरण तथा अधिकार प्राप्तिको निम्ति एउटा ठूलो आन्दोलनको नेतृत्व आफुले गरेको र उक्त कार्यप्रति आफूलाई गर्वको अनुभुति हुन्छ । ’
तत्कालीन दुई दल नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएर नयाँ प्रकियामा रहेको बेला अन्य सबै पक्षलाई मुलधारमा ल्याउने प्रयास गरिरहेको उनको भनाई थियो । उनले सीके राउतलगायतका मधेशका दल तथा व्यक्तिलाई मुलधारको राजनीतिमा ल्याउने काममा सरकार तथा पार्टी लागेको बताए ।