बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

एनसीसी कतारका नवनिर्वाचित अध्यक्ष रमेश भट्टलगाएतका पदाधिकारीहरूले लिए शपथ (फोटोफिचर)

आइतबार, साउन १४ २०८०

कतार । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको नवौं राष्ट्रिय महाधिवेशन २०२१–०२३ सम्पन्न भएको छ । एनआरएनए आइसीसीका उपाध्यक्ष राजेन्द्र कुमार (आरके) शर्माको प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको सभापतित्वमा महाधिवेशन सम्पन्न भएको हो ।

त्यसअघि शुक्रबार राति सम्पन्न निर्वाचनसँगै मत परिणाम पनि सार्वजनिक भएको छ । कार्यसमिति छनोट समितिले सार्वजनिक गरेको नतिजा अनुसार २०२३/२५ कार्यकालका लागि रमेश भट्ट अध्यक्ष पदमा निर्वाचित भएका छन् । जम्मा ४२ पद रहने एनसीसीमा युवा संयोजक मेहत सिङ तामाङ (टोकल) र महिला संयोजक सुष्मा खतिवडा कटुवाल निर्विरोध निर्वाचित भएका थिए भने ४० पदमा ७५ जना चुनावी मैदानमा रहेका थिए ।
नवनिर्वाचित आइसीसी सदस्यहरूमा श्रीकृष्ण भट्टराई, तेज कटुवाल,प्रेम बहादुर चलाउने, दिपजंग शाह, दुर्गा प्याकुरेल र विक्रम कार्की रहेका छन ।
निर्वाचनबाट प्रथम उपाध्यक्षमा कृष्ण पन्थी, द्वितीय उपाध्यक्षमा केशव कार्की, तृतीय उपाध्यक्षमा सन्दीप भट्टराई, महिला उपाध्यक्षमा नानु घले ब्लोन, युवा उपाध्यक्षमा सुवास बहादुर थापा, महासचिवमा रबिन मगर, सचिवहरूमा ओम बहादुर क्षेत्री (सन्तोष), सुरज शर्मा अधिकारी र रोशन अर्याल, कोषाध्यक्षमा बुद्ध पाण्डेय र सह–कोषाध्यक्षमा झबिन्द्र आचार्य निर्वाचित भएका छन ।
अधिवेसनबाट कार्यसमितिका सदस्यहरूमा विष्णु सापकोटा, विनोद राना मगर, इनुस मोमिन, इसिलाल पण्डित, झबिन्द्र प्रसाद बेल्बासे, तिलक बहादुर बस्नेत, दुर्गा बहादुर बिक, टंक बहादुर बिक, परमानन्द भट्ट, प्रेम कुमार बस्नेत, मो.अजाद मंसुर मो. कौसर रब्बानी, रमेश के सी, राजेन्द्र काफ्ले, सन्तोष कुँवर, सन्तोष पौडेल, सुमन कुमार ल्हो, सुदिप पाठक र श्याम प्रसाद पौडेल निर्वाचित भएका छन । त्यस्तै लेखा समिति संयोजकमा कवीन्द्र कँडेल र सदस्यद्वयमा गिरिराज दुवाडी र विकास लामा निर्वाचित भएका छन ।
८ हजार ९ सय ५१ जना पञ्जीकृत सदस्यता रहेको एनसीसी कतारमा कुल ६२.८० प्रतिशत अर्थात ५ हजार ६ सय २१ जनाले मात्र मतदान गरेका थिए ।
उक्त महाधिवेशन कार्यक्रममा बोल्दै प्रमुख अतिथि एनआरएनए उपाध्यक्ष एबं आगामी निर्वाचनका अध्यक्षका उम्मेदवार शर्माले एनआरएनए सामाजिक संस्था रहेको हुनाले प्रवासमा दुःख, सुख साट्ने ठाउँ भएको बताए । उनले मध्यपूर्वबाट ५३ प्रतिशत रेनिट्यान्स नेपाल गईरहेकोले अहिले आफू र एनआरएनएद्वारा अधिकारको लडाइँ जारी रहेको बताए । उनले कतार सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने देश रहेको बताउँदै प्रवासमा रहँदा सोही देशको कानूनको अक्षरशः पालना गर्न सबै नेपाली समुदायलाई आग्रह गरे ।
उक्त अधिवेसनमा उपस्थित अतिथिहरु एनआरएनए आइसीसीका उपाध्यक्ष नरेन्द्र भाट,युवा उपाध्यक्ष राज रेग्मी,सचिव प्रविन गुरुङ,सह कोषाध्यक्ष होमनाथ शर्मा,एनआरएनए मध्यपुर्वका संयोजक मनोज गोर्खाली,एनआरएनए अभोयन्ता शनि कुमार ओली लगाएतले एनआरएनए कतारका नव निर्वाचित अध्यक्ष रमेश भट्टसहित निर्वाचित पदाधिकारीहरुलाई बधाई दिदैं सफल कार्यकालको शुभकामना ब्यक्त गरे । उक्त महाधिवेसनमा कतारमा रहेका विभिन्न संघ सँस्थाका पदाधिकारीले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । उक्त महाधिवेशनमा संघले सञ्चालन गरेका विभिन्न अभियानमा सहयोग पुर्याउने संघ संस्थालाई सम्मान गरिएको थियो ।
राष्ट्रिय गान, दीप प्रज्वलनसहित शुभारम्भ गरिएको उक्त कार्यक्रममा संघका पुर्व उपाध्यक्ष जैवी राईले स्वागत मन्तव्यद्वारा उपस्थित सबैलाई स्वागत गरेका थिए ।
अधिवेसनमा संघका पुर्व कोषाध्यक्ष विनोद प्रसाद बसौलाले एनसीसी कतारमा १ लाख ८२ हजार ८ सय सात कतारी रियाल बचत रहेको र १४ हजार ५ सय ५९ रियाल उठ्न बाँकी रहेको आयव्यय विवरण पेस गरेका थिए । कार्य प्रगति विवरण पुर्व महासचिव पदम गिरीले पेस गरेका थिए । पेस गरिएको मध्य आयव्ययउपर सामान्य छलफलसहित दुवै विवरण अनुमोदन भएका थिए ।

महाधिवेशनमा दशौँ निर्वाचनबाट विजयी भएका कार्यसमितिका पदाधिकारी हरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो । नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमुख अतिथि एनआरएनए उपाध्यक्ष शर्माले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।

 

धन्यवाद कार्यक्रम सञ्चालक एवंम एनसीसी कतारका महासचिव पदम गिरि ज्यु
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको दशौ महाधिवेशनका अध्यक्ष एवं एनसीसी कतारका अक्ष्यक्ष मोहम्द मुतmदा मुसलमान ज्यु,
कार्यक्रमका प्रमुख अतिथि गैरआवासीय नेपाली संघका उपाध्यक्ष आरके शर्मा, उपाध्यक्ष नरेन्द्र भाट, युवा उपाध्यक्ष राज रेग्मी, सचिव प्रविण गुरुङ, सह–कोषाध्यक्ष होमनाथ शर्मा, मध्यपुर्व संयोजक मनोज श्रेष्ठ गोर्खाली, सह–संयोजक केवी हमाल, आइसीसीका संस्थापक एवं पुर्व उपाध्यक्ष देवकाजी डंगोल, सागर नेपाल ज्यू, आइसीसी सदस्य ज्युहरु, आइसीसी पुर्व मानार्थ सदस्यज्युहरु लगाएत एनआरएनए अभियानता ज्युहरु, कतारमा रहेका विभिन्न वैचारीक एवंम सामाजिक संघसंस्थाका प्रमुख एवंम प्रतिनिधि ज्युहरु र उपस्थित पार्षद सदस्य ज्यूहरुमा हार्दिक नमस्कार अभिवादन ।
सर्वप्रथम आफनो अमुल्य मतदान प्रदान गरि मलाई अध्यक्षमा निर्वाचीत गराउनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु । साथै निर्वाचित हुनुभएका आईसीसी सदस्य, कार्यसमिति पदाधिकारी, सदस्य एवं लेखा समिति सदस्य सबैमा हार्दिक बधाई व्यक्त गर्दछु ।
विभिन्न उतारचढावका विच शान्तिपुर्ण रुपमा निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन समिति,अनुगमन समिति एवं सम्पुर्ण अग्रज ज्युहरुमा आभार व्यक्त गर्दछु । वर्तमान कार्यसमितिका अध्यक्ष, पदाधिकारी र कार्यसमिति सदस्य ज्यूहरुले सफल कार्यकाल पुरा गरेर सहज रूपमा निर्वाचनको प्रक्रिया सम्पन्न गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु । म संगै अध्यक्षको प्रतिस्पर्धामा रहनुभएका पदम गिरी ज्यु लगाएत सबै उम्मेदवार ज्युहरुलाई नेतृत्व चयनको लोकान्तात्रीक प्रक्रियामा सहभागी भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु । निर्वाचनको प्रक्रियामा जो जहा भए पनी अब सबैको साझा उद्देश्य गैरआवासीय अभियानलाई अगाडि बढाउने र नेपालको विकासमा सहयोग गर्ने हुनेछ ।
गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारको अध्यक्षको लागि उम्मेदवारी दिँदै गर्दा मैले तपाईँहरू माझ मेरा प्रतिबद्धताहरू सार्वजनिक गरेको थियो । त्यो प्रतिबद्धता आजदेखि पूरा गर्न म लाग्ने छु । मैले व्यक्त गरेका प्रतिबद्धता पूरा गर्न तपाईँहरूले मलाई हरेक दिन खबरदारी गर्न अनुरोध गर्दछु । कतारमा रहेका सबै नेपालीका समस्याहरू हामी सबैका साझा हुनेछन । नेपाली राजदुतावस संग समन्वय गरेर श्रमिकको समस्या दुतावास द्रुत गतिमा समाधान गर्ने ।
नेपाल सरकारले प्रवासमा रहेका मजदुरको हितको लागि हालै सुरु गरेको श्रमिक कल्याणकारी कोषमा अधिकतम सहभागिता गराउन लागि सचेतना अभियान सञ्चालन गर्ने । श्रमिक विभागलाई थप प्रभावकारी बनाउदै कल्याणकारी कोषलाई मजबुद बनाइने छ । कतार सरकारको विभिन्न निकायहरू सँगको संस्थागत सम्बन्धलाई थप मजबुत बनाउँदै नेपाली श्रमिकहरूको लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरूलाई प्राथमिकता दिएर सञ्चालन गर्ने लगाएतका मजदुरका मुद्धा पहिलो प्राथमिकतामा रहने छन् ।
संस्थाका हरेक गतिविधि पारदर्शी हुनुपर्छ र त्यसमा सम्पुर्ण पार्षद सदस्यको पहुच हुनुपर्छ । एनसीसी कतारका हरेक गतिविधिलाई मासिक रूपमा र आर्थिक प्रतिवेदन त्रैमासिक रूपमा सार्वजनिक गर्ने । संस्थाका पदाधिकारीले आफ्नो कार्यसम्पादनको रिपोर्ट कार्यसमिति बैठकमा प्रस्तुत गरी त्यसको समीक्षा गर्ने । नेपालको पहिचान झल्कने नेपाली साहित्य, कला र संस्कृतिलाई कतारमा आयोजना हुने विभिन्न प्लाटपर्फ्महरुमा प्रस्तुत गर्ने र कतारमा रहेका स्रष्टा कलाकारलाई प्राथमिकता दिने । कतारमा रहेका नेपालीहरूबिच आपसी भाइचारा तथा एकताको भावना जगाउन निरन्तर प्रयासरत रहनेछौ । हाम्रो समृद्ध सम्पदाको प्रवर्द्धन गर्न नियमित सामुदायिक कार्यक्रम, नेपाली साहित्य, कला, सांस्कृतिक कार्यक्रम साथै नेपालमा मनाइने सबै चाडपर्वहरू सामुदायिक स्तरमा आयोजना गरी परस्पर भातृत्वको विकास गर्न ।
कतारमा रहेका नेपाली दाजुभाइ दिदिबहिनिहरुलाई हरेक सामाजिक कार्यमा सक्रिय सहभागि हुनका लागि प्रोत्साहन गर्दे सबै नेपालीजनको आवाजहरु गैर आवासीय नेपाली संघ द्वारा सुनिश्चित गर्ने ।
कतारमा रहेका नेपाली कामदारहरूका लागि श्रम अधिकार, उचित पारिश्रमिक र जीवनयापनका समस्याहरूलाई सम्बोधन गर्न रोजगारदाताहरू एवं आवस्यकता अनुसार स्थानीय अधिकारीहरू सँग समन्वय गर्ने । कतारमा रहेका नेपाली श्रमिकहरूका लागि कानुनी मामिलाहरू, रोजगारीका समस्याहरू, स्वास्थ्य सेवा र शिक्षामा सहायताका लागि एक प्रणाली स्थापना गरी निरन्तर सेवामूलक कार्यक्रम सञ्चालन गर्न । सामाजिक सुरक्षाकोष तथा आइपीओ सम्बन्धी कतारमा रहेका नेपाली बैकका प्रतिनिधीहरुसंगको समन्वयमा सचेतनामुलक कार्यक्रम गरी आम श्रमिक हरुको सहभागिता र आबद्धता सुनिश्चितता को लागि प्रयास गर्ने ।
गैरआवासीय नेपाली संघ (आइसीसी)को पछिल्लो अधिवेशन बाट संघमा केहि विभाजन भएको सबैमा अवगत नै रहेको छ । जसको असर कतारमा पनि पर्न पुग्यो । लामो प्रयास पछि केन्द्रमा लिखित सम्झौता गरेर एकता भएपनी सो भावना अनुरुप कतारमा एक हुन नसकेको सबैमा सर्वविधित नै छ । अब कतारको नेपाली समाजलाई एक बनाएर अगाडी बढाउने हाम्रो प्रमुख उदेश्य हुनुपर्दछ । हिजोका दिनमा जे जस्तो भएपनी अब नेपाली समाजलाई एकतावद्ध भएर अगी लैजान म सबै साथीहरुमा हार्दिक अपिल गर्दे आफ्नो तर्फबाट छिट्टै एकतावद्ध बनाउने प्रतिवद्धता व्यक्त गर्दछु । साथै विभाजित पक्ष सँग वार्ता गरेर आईसीसी महाधिवेशन अगाडी एक एनआरएनए बनाउने संकलप प्रस्ताव यसै महाधिवेशन बाट पास गर्न हल समक्ष अनुरोध गर्दछु ।
अन्त्यमा मलाई विश्वास गरेर अध्यक्षको जिम्मेवारी दिने सम्पुर्ण पञ्जिकृत सदस्य ज्युहरुलाई आभार व्यक्त गर्दछु । हामी बोलेर होइन काम गरेर देखाउने समय हो । एनसीसी कतारले गर्ने हरेक काममा सबैको साथ सहयोग लिएर अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्दछु ।
धन्यवाद नमस्कार ।
जय एनआरएन ए ।

रमेश भट्ट
नवनिर्वाचीत अध्यक्ष
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार

प्रतिक्रिया
सम्बन्धित समाचार