मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

आईपीएलमा आज दिल्ली र कोलकत्ता भिड्दै, सन्दीपको सम्भावना कति ?

शुक्रबार, चैत्र २९ २०७५

काठमाडौं, २९ चैत्र । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शुक्रबार एक खेल हुँदैछ ।

शुक्रबार दिल्ली क्यापिटल्स र कोलकत्ता नाइट राइडर्सबीच खेल हुनेछ ।

यस आयरको कप्तानीमा रहेको दिल्ली र दिनेश कार्तिकको कप्तानीमा रहेको कोलकत्ताबीचको खेल नेपाली समय अनुसार राति ८ः१५ मा सुरु हुनेछ ।

कोलकत्तास्थित इडेन गार्डेनमा दुवै टोली जित निकाल्ने लक्ष्य सहित मैदान उत्रने छन् ।

दिल्ली चौंथो जितको खोजी तथा कोलकत्ता पाँचौं जितको खोजीमा हुने छन् ।

दिल्ली छैटौं स्थानमा छ भने कोलकत्ता दोस्रो स्थानमा छ । पछिल्ला खेलमा नियमित टीममा परेका सन्दीपको आज पनि खेल्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार