काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहेको छ । यस्तै, तराई, उपत्यका तथा खोँचहरूका थोरै स्थानमा बिहानपख हुस्सु र कुहिरो लागेको छ ।
आज दिउँसो देशका हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
त्यस्तै, राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बदली रहनेछ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। तराई, उपत्यका तथा खोँचहरूका थोरै स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्नेछ ।
आगामी पाँच दिनका लागि कुनै मौसमी चेतावनी जारी गरिएको छैन। यद्यपि सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित रूपमा जानकारी लिन महाशाखाले अनुरोध गरेको छ ।