शनिबार, कार्तिक १४ २०८३
-शैलेन्द्र बस्नेत
संयुक्त राज्य अमेरिकाका ४४ औँ राष्ट्रपति (44th President) बराक ओबामा (Barack Obama) का पिता केन्या (Kenya) को कानियाङ्गो (Kaniango) गाउँबाट अर्थशास्त्र अध्ययनका लागि सन् १९५९ मा अमेरिका गएका थिए । र,पछि उनी केन्या सरकारका वरिष्ठ अर्थशास्त्रीका रुपमा काम गरे । तिनै केन्याली पिताका छोरा ओबामाले भने सन् २००९ देखि २०१७ सम्म (दुई कार्यकाल) अमेरिकाको राष्ट्रपतिका रूपमा कार्यभार सम्हाले । उनी अमेरिकाको इतिहासमा राष्ट्रपति बन्ने पहिलो अफ्रिकन-अमेरिकन समेत हुन् ।
अमेरिकाको ४९ औँ उपराष्ट्रपति कमला ह्यारिस का (Kamala Harris) बुबा (डोनाल्ड जे. ह्यारिस – Donald J. Harris): जमैका (Jamaica) बाट सन् १९६१ मा उच्च शिक्षाका लागि अमेरिका पुगेका थिए । आमा (श्यामला गोपालन – Shyamala Gopalan) भारत (India) को तमिलनाडु राज्यको चेन्नई (त्यतिबेलाको मद्रास) बाट सन् १९५८ मा अमेरिका गएकी थिइन् । यसरी भारतीय आमा र जमैकन बाबुकी छोरी कमला ह्यारिसले सन् २०२४ को अमेरिकी राष्ट्रपति निर्वाचनमा समेत डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति पदका लागि चुनाव लडेकी थिइन् ।
विश्वप्रसिद्ध अर्थशास्त्री,बैंकर तथा वर्तमान क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी कुनै बेला बैंक अफ इङ्गल्याण्डका गभर्नर (Governor of the Bank of England): थिए । सन् २०१३ देखि २०२० सम्म उनी बेलायतको केन्द्रीय बैंक (Bank of England) का गभर्नर रहे। बैंक अफ इङ्गल्याण्डको इतिहासमा ३०० वर्ष पछि पहिलो पटक कुनै विदेशी नागरिकलाई गभर्नर बनाइएको यो पहिलो अवसर थियो।
बेलायत युरोपेली युनियन (EU) बाट अलग्गिने (Brexit) समयमा उत्पन्न आर्थिक उतारचढाव र संकटलाई व्यवस्थापन गर्न उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए। बेलायतमा काम गर्दा उनले बेलायती नागरिकता पनि प्राप्त गरेका थिए। क्यानडाको राजनीतिमा पूर्ण रूपमा सक्रिय हुनुअघि उनले क्यानडा, बेलायत र आयरल्यान्डको नागरिकता राखेका थिए।
बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनक (Rishi Sunak) का बाबुआमा पूर्वी अफ्रिकाबाट बेलायत बसाइँ सरेका भारतीय मूलका (पञ्जाबी) हुन् । पूर्व प्रधानमन्त्री सुनकका बुबा यशवीर सुनक – (Yashvir Sunak) को जन्म पूर्वी अफ्रिकाको केन्या (Kenya) मा भएको थियो भने आमा उषा सुनक – (Usha Sunak) को जन्म पूर्वी अफ्रिकाको तान्जानिया (Tanzania) मा भएको थियो।
ऋषि सुनकका हजुरबुबा-हजुरआमाहरू मूलतः भारतको पञ्जाब क्षेत्रबाट पूर्वी अफ्रिका बसाइँ सरेका थिए। पछि १९६० को दशकमा उनका बुबा र आमाको परिवार पूर्वी अफ्रिकाबाट बेलायत आएका हुन्, जहाँ उनीहरूको भेट र विवाह भएको थियो । यसर्थ, ऋषि सुनकका बाबुआमा पूर्वी अफ्रिका (केन्या र तान्जानिया) मा जन्मेका भारतीय मूलका ब्रिटिश नागरिक हुन्।
वेलायतकै अर्का पूर्व प्रधानमन्त्री बोरिस जोन्सन (Boris Johnson) अमेरिकाको न्युयोर्कमा जन्मिएका हुन् । अमेरिकामा जन्मिएका जोन्सन पछि बेलायत फर्किएर पत्रकारिताको बाटो हुँदै पछि बेलायतको प्रधानमन्त्री पदसम्म पुगेका थिए।
टेस्ला (Tesla), स्पेसएक्स (SpaceX) र X (ट्विटर) का मालिक/सीइओ इलोन मस्क (Elon Musk) दक्षिण अफ्रिकामा (South Africa) जन्मिएका हुन् । पृथीवीकै सबैभन्दा धनी मस्क दक्षिण अफ्रिकामा जन्मेर सुरुमा क्यानाडा र पछि अमेरिका बसाइँ सरेका थिए । आज उनी विश्वका सबैभन्दा धनी र प्रभावशाली उद्यमीहरूमध्ये एक हुन्।
ताइवान (Taiwan) मा जन्मिएर अमेरिका पुगेका इन्भिडिया (NVIDIA) का सह-संस्थापक तथा सीइओ जेन्सेन ह्वाङ (Jensen Huang) को ‘NVIDIA’ कम्पनी आर्टिफिसियल इन्टेलिजेन्स (AI) र चिप निर्माणको क्षेत्रमा विश्वकै सबैभन्दा मूल्यवान् कम्पनी बनेको छ।
भारतमा जन्मिएका सात्या नाडेला (माइक्रोसफ्ट/Microsoft) र सुन्दर पिचाई (Sundar Pichai)(गुगल/Alphabet का CEO)छन् । भारतमा जन्मिएर उच्च शिक्षाका लागि अमेरिका पुगेका यी दुवै जनाले विश्वका दुई ठूला प्रविधि (Tech) कम्पनीहरूको नेतृत्व गरिरहेका छन्।
इरानमा जन्मेका दारा खोस्रोशाही (Dara Khosrowshahi) शरणार्थीका रूपमा परिवारसँगै अमेरिका पुगेका थिए । पछि उनले प्रविधि तथा यातायातको विश्वप्रसिद्ध कम्पनी ‘Uber’ को कमान सम्हाले।
अझै अलि अघिको इतिहासतर्फ फर्केर हेर्ने हो भने इटली नजिक कर्सिका (Corsica) द्विप — मा जन्मिएका नेपोलियन बोनापार्ट पछि फ्रान्स पुगेर सेनामा प्रवेश गरे र आफ्नै क्षमताको बलमा फ्रान्सको सर्वोच्च शासक र युरोपको इतिहास बदल्ने सम्राट बने। जोर्जिया (Georgia)मा जन्मिएका जोर्जियाली मूलका जोसेफ स्टालिन (Joseph Stalin) सोभियत युनियन (USSR) को सर्वोच्च नेता/तानाशाह भएर तत्कालीन सोभियत संघमा कम्युनिस्ट पार्टीको नेतृत्व गर्दै दशकौंसम्म शासन गरे ।
अमेरिकाका संस्थापक पिता (Founding Father) र पहिलो अर्थमन्त्री (Treasury Secretary)अलेक्ज्याण्डर ह्यामिलटन (Alexander Hamilton) क्यारिबियन द्विप समूह नेभिस (Nevis) मा जन्मेका थिए । ह्यामिलटन पछि अमेरिका बसाइँ सरे र अमेरिकाको आधुनिक वित्तीय/आर्थिक प्रणाली र संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका खेले। अव फर्कौं नेपालतिर । केहि समय अघि आनी छोइङ डोल्मालाई लुम्विनी विकास कोषको उपाध्यक्षमा मनोनित गरियो । त्यस यता आनी नेपाली नागरिक नभएको भन्दै केहि व्यक्ति र समूहबाट उनको नियुक्ति वदर हुनुपर्ने माग राख्दै विरोध भइरहेको छ ।
लुम्वीनि गौतम वुध्दको जन्मस्थल हाम्रो पहिचान र गौरव मात्रै हैन यो विश्वभरका वौध्दमार्गीहरुको साझा आस्थाको केन्द्र पनि हो । विश्वमा बौद्ध धर्म मान्नेहरूको जनसङ्ख्या अनुमानित ३२ करोड देखि ५० करोड (320 Million to 500 Million) को बीचमा रहेको छ। यो कुल विश्व जनसङ्ख्याको लगभग ४% देखि ६% सम्म हो। पछिल्लो अध्ययन अनुसार विश्वमा औपचारिक रूपमा बौद्ध धर्म मान्नेहरूको सङ्ख्या लगभग ३२ करोड ४० लाख (३२४ मिलियन) जति रहेको छ। तर चीन, जापान, भियतनाम जस्ता पूर्वी एसियाली देशहरूमा मानिसहरूले एकभन्दा बढी परम्परा (जस्तै: बौद्ध धर्म, कन्फ्युसियसवाद, ताओवाद र सिन्तो धर्म) लाई एकैसाथ मान्ने भएकाले सांस्कृतिक रूपमा बौद्ध धर्म पालना गर्नेहरूलाई समेत जोड्दा यो सङ्ख्या ५० करोड (५०० मिलियन) भन्दा बढी हुन आउँछ।
तसर्थ लुम्विनी हाम्रो मात्र चासोको विषय हैन । लुम्विनी र बुध्द धर्मको उज्यालो संसारभर फैलाउन सहयोग पुर्याउनु हाम्रो दायित्व र कर्तव्य हो । साथै वौध्द धर्मलाई अंगाल्ने र यसलाई विश्वभर फैलाउने दायित्व हामी संगसंगै संसारभरिका वौध्दमार्गीको पनि हो ।
अन्तमा ,पुनः आनी छोइङ डोल्मालाई हालै सरकारले लुम्विनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको विषयतर्फ नै फर्कौं। त्यस यता उनका वारेमा वजारमा अनेक समाचार छन्। नियुक्त भए यता केहि मानीसहरुले आनी नेपाली नागरिक नभएको भन्दै वजारमा हल्ला फैलाइरहेका छन् । गायिकाको समेत इमेज बनाएकी आनीले ठूलै अपराध गरेझैं विरोध जनाइरहेका छन् ।
कतिको तर्क हुन सक्छ लुम्विनी विकास कोषको पदाधिकारी हुन नेपाली नागरिक नै हुनुपर्छ । तर प्रश्न यस्तो पनि गर्न सकिन्छ, अरु देशलाई दिदा लुम्वीनीको के विग्रिन्छ ? जवकी लुम्विनीमा नेपालले भन्दा अरु देशले अझ धेरै निर्माण र अनुसन्धानमा योगदान गरेका छन् । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको खोज, अनुसन्धान र योजनाबद्ध विकासमा धेरै विदेशी विद्वान, पुरातत्वविद् तथा कूटनीतिज्ञहरूले ऐतिहासिक योगदान दिएका छन्।
सन् १८९६ मा पाल्पाका बडाहाकिम खड्ग शम्शेर राणासँगै जर्मनीका डा. एलोइस एन्टोन फ्युहरर (Dr. Alois Anton Führer) ले लुम्बिनीमा अशोक स्तम्भको उत्खनन गरी पुनः खोजेका थिए। स्तम्भमा कुँदिएको ब्राह्मी लिपिको अभिलेख पढेर लुम्बिनी नै बुद्धको वास्तविक जन्मस्थल हो भन्ने ऐतिहासिक प्रमाण विश्वसामु पुष्टि गर्ने कार्यमा उनको मुख्य योगदान थियो।
विश्वप्रसिद्ध जापानी आर्किटेक्ट प्रोफेसर केन्जो टाँगे (Prof. Kenzo Tange) ले सन् १९७८ मा “लुम्बिनी गुरुयोजना” (Lumbini Master Plan) तयार पारे। ३ वर्गमाइल (पवित्र उद्यान, विहार क्षेत्र, र नयाँ लुम्बिनी गाउँ) मा विभाजित यो गुरुयोजना नै आजको आधुनिक लुम्बिनी निर्माणको मुख्य आधार हो।
संयुक्त राष्ट्रसंघ (UN) का पूर्व महासचिव उ थान्तले सन् १९६७ मा लुम्बिनीको भ्रमण गरेपछि भावुक हुँदै यसलाई अन्तर्राष्ट्रिय पर्यटन तथा बौद्ध शान्ति केन्द्रका रूपमा विकास गर्ने पहल सुरु गरे। उनकै प्रयासमा संयुक्त राष्ट्रसंघले लुम्बिनी विकासका लागि एक अन्तर्राष्ट्रिय समिति गठन गर्यो।
भारतका पि. सि. मुखर्जी (P.C. Mukherji)ले सन् १८९९ मा नेपाल सरकार र ब्रिटिस इन्डियाको संयुक्त पहलमा लुम्बिनी र वरपरका क्षेत्र (तिलोराकोट आदि) मा व्यवस्थित पुरातात्विक उत्खनन गरेका थिए । उनले नै मायादेवी मन्दिर, प्राचीन संरचनाहरू र अशोक स्तम्भको स्तरोन्नतिको नक्सांकन गरेका थिए।
बेलायतको डरम विश्वविद्यालयका पुरातत्वविद् कनिङ्घमले युनेस्को र लुम्बिनी विकास कोषसँग मिलेर मायादेवी मन्दिरभित्र व्यापक उत्खनन र वैज्ञानिक अध्ययन गरेका थिए । उनकै नेतृत्वको अनुसन्धानले मायादेवी मन्दिरमुनि इस्वी संवत् पूर्व छैटौँ शताब्दी (6th Century BC) को काठको प्राचीन संरचना फेला पारेको थियो, जसले बुद्धको समयलाई थप स्पष्ट पारेको छ। यसरी भगवान वुध्दको जन्मस्थल लुम्विनीको विकास र विस्तारमा विश्वका अनेक व्यक्तिहरुको अतुलनिय योगदान रहेको छ । लुम्विनी नेपालमा पर्छ तर यो विश्वभरका वौध्दमार्गीहरुको साझा आस्थाको केन्द्र हो ।
यो पवित्र स्थलमा किन सधैं सदस्य सचिव र उपाध्यक्षको नियुक्ति विवादित हुन्छ ? चाहे उपाध्यक्ष होस् या सदस्य सचिव नियुक्ति,नेपाली नागरिकता र पासपोर्ट छ कि छैन ? नागरिकता ओर्जिनल हो कि नक्कली ? नेपाली हो कि विदेशी भन्ने प्रश्न उठिरहन्छ । तर यी सबै प्रश्नहरु अनावश्यक हुन् । मुख्य कुरा उ वौध्दमार्गी हो कि हैन ? मानव कल्यणका लागि उसले के योगदान गरेको छ ? उसको इमेज ,उसको विगत र वर्तमान,उसको कर्म र उ वौध्द धर्मप्रति समर्पित छ/छैन भन्ने नै होला ।
यसर्थ मेरो प्रस्ताव चाहि के छ भने यो संसारभरका वौध्दमार्गीको आस्थाको धरोहर लुम्विनी विश्वभरका बौध्दमार्गीको आस्थाको साझा केन्द्र भएकोले लुम्विनी विकास कोषको उपाध्यक्ष चीनिया नागरिकलाई बनाऔं, दक्षिण कोरियालाई सदस्य सचिव दिऔं र जापानलाई कोषाध्यक्ष । त्यसो गरियो भने लुम्विनीको विकासको लागि मनग्गे सहयोग पनि आउला । यसमा विज्ञहरुको मत के छ ? यसो गर्दा के विग्रिन्छ ?
आखिरी हिन्दुहरुको आस्थाको केन्द्र पशुपति नाथको पुजारी पनि त छिमेकी देशका नागरिकलाई बनाइएको छ । तसर्थ लुम्विनीको उपाध्यक्ष नेपाली हो कि विदेशी भनेर प्रश्न गर्नु नै व्यर्थ छ । नेपालकै सेवा गर्छु, लुम्विनी र वौध्द धर्मको लागि योगदान दिन्छु भन्ने आनी छोइङको नागरिकता र राष्ट्रियताप्रति प्रश्न उठाउनुको कुनै औचित्य छैन । आनी भिक्षुको इमेज अन्तर्राष्टिय छवि सामाजिक प्रतिष्ठा सबै हिसावले उपयुक्त पात्र हुन् । कुनै झोले कार्यकर्तालाई भ्रष्टाचार गर्न लुम्विनी पठाउनुको सट्टा आनीलाई पठाउनु धेरै नै वुध्दिमानी काम हो । हो, हाम्रो राष्ट्रप्रेम र देशभक्ति सह्रानिय छ । तर संकिर्न सोच र संकिर्ण राष्ट्रबादले यो मुलुक र हाम्रो कल्याण हुन सक्दैन ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij