बिहिबार, कार्तिक १२ २०८३
काठमाडौं(जस)–नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण आधारका रूपमा रहेको रेमिटेन्स भित्रिने मध्यपूर्वमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ आयोजना हुने भएको छ । आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा हुने सम्मेलनलाई अर्थपूर्ण, उपलब्धिमूलक र नेपाली श्रमिकको हितसँग जोडिएको साझा मञ्चका रूपमा अघि बढाउन तयारी तीव्र पारिएको छ ।
मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठको अध्यक्षतामामा सम्पन्न चौथो क्षेत्रीय बैठकले सम्मेलन व्यवस्थित रूपमा सञ्चालन गर्न विभिन्न समिति तथा उपसमिति गठन गर्दै जिम्मेवारी बाँडफाँट गरेको हो । एनआरएनएले सार्वजनिक गरेको विवरणअनुसार व्यवस्थापन, आर्थिक परिचालन, प्रायोजन, अतिथि सत्कार, यातायात, भिसा तथा दर्ता, स्वयंसेवक परिचालन, सञ्चार, सांस्कृतिक कार्यक्रम र घोषणापत्र तयारीलगायतका कामका लागि जिम्मेवारी तोकिएको छ ।
मध्यपूर्वअन्तर्गत कतार, संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरब, कुवेत, ओमान, बहराइन र इराकलगायतका देशमा कार्यरत नेपालीका साझा मुद्दालाई सम्मेलनमा प्राथमिकता दिने अपेक्षा गरिएको छ । रेमिटेन्सबाट नेपालको अर्थतन्त्रमा योगदान पु¥याइरहेका श्रमिकका समस्या, सुरक्षित वैदेशिक रोजगारी, सामाजिक सुरक्षा, श्रम अधिकार र स्वदेश फर्किएपछिको भविष्य सम्मेलनका महत्त्वपूर्ण विषय बन्न सक्नेछन् ।
सम्मेलनको मूल आयोजक समितिको संयोजकमा मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठ रहेका छन् । समितिमा मध्यपुर्व डिआरसिहरु विकास शाही,पुर्ण बहादुर पोखरिया, विकल झा, करिमबक्स मियाँ,बासुदेव सापकोटा, विष्णुलाल श्रेष्ठ, तेज कँटुवाल, सुरज मास्के, दीपक खड्का सदस्य रहेका छन । यसैगरी आरडब्लुसि सुभद्रा बुढाथोकी,डिआर वाईसी सुजन सापकोटा, डिआर डब्लुसी बिना मानन्धर सदस्य रहेका छन । विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का अध्यक्ष तथा महासचिव र पूर्वअध्यक्षहरूलाई समेत समितिमा समेटिएको छ ।
सम्मेलनलाई नीतिगत मार्गदर्शन र परामर्श उपलब्ध गराउन आईसीसी अध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ । उक्त समितिमा पुर्व अध्यक्ष आरके शर्मा, उपाध्यक्ष मनोज कुमार श्रेष्ठ,प्रविन गुरुङ,डाक्टर चिरञ्जीवी खड्का,राजेन्द्र अर्याल,मोहम्मद मुक्तदा मुसलमान, रमेश भट्ट, भवानी प्रसाद तिमल्सिना, पदम गिरी, विमल सुवेदी, क्रान्ति सिंह, पुर्व उपाध्यक्ष डिबी क्षेत्री,सागर नेपाल , नरेन्द्र भाट, राज रेग्मी, डाक्टर देवकाजी डंगोल,यास्मिन वेगम सैयद रहेका छन् । यसैगरी शनि कुमार वली,महेन्द्र चम्लागाई, कमलमणि गुरागाई,आईसिसी सदस्य तुल्सीराम पाण्डेलगायत मध्यपुर्वका आईसिसी सदस्य र अभियन्ताहरु समेटिएका छन ।
व्यवस्थापकीय तथा नोट टिपोट समितिको संयोजकमा तेज कँटुवाल र सहसंयोजकमा कतार एनसीसी अध्यक्ष कृष्ण पन्थी रहेका छन् । समितिमा रविन मगर, रोजश अर्याल, सन्तोष पौडेल, सुवास थापा, टोमाया गुरुङ, जहाँगीर आलम, लिला राई, विवेक पुलामी मगर, मन्जु मल्ल, माया केसी, विनोद बरनेत र प्रेम शाही रहेका छन । नोट टिपोटको जिम्मेवारीमा करिमबक्स मियाँ, क्रान्ति सिंह, बासुदेव सापकोटा, दीपक खड्का, युवराज शर्मा, सरिता भण्डारी, माया केसि, बिना मानन्धर, मन्जु मल्ल, विनोद बस्नेत, प्रेम शाही र नवराज श्रेष्ठलगायतलाई समेटिएको छ ।
अतिथि व्यवस्थापन तथा यातायात समितिको संयोजकमा डिआरसि पूर्ण पोखरिया रहेका छन । समितिमा युवराज शर्मा,तुल्सीराम पाण्डे मिनराज वाग्ले, झविन्द्र बेल्बासे, गोपाल डाँगी, राजु डुम्रेलगायत रहेका छन । कतारबाट शंकरमान राई, अर्जुन संगौला, सुजन गुरुङ र ईसिलाल पण्डितले समन्वय गर्ने जिम्मेवारी पाएका छन् । प्रायोजक व्यवस्थापन समितिको संयोजकमा आरसि रमेश श्रेष्ठ रहेका छन । उक्त समितिको सदस्यहरुमा मध्यपुर्वका डिआरसिहरु रहेका छन ।
आर्थिक व्यवस्थापन समितिको संयोजकमा डिआरसी विकास शाही रहेका छन भने समितिमा सुरज मास्के , विष्णुलाल श्रेष्ठ, कतार एनसीसी अध्यक्ष कृष्ण पन्थी र उपाध्यक्ष सन्तोष पौडेल सदस्य रहेका छन । भिसा, दर्ता तथा शुल्क व्यवस्थापन समितिको संयोजकमा कतार एनसीसीका महासचिव शिव भुजेल रहेका छन । समितिमा खेमराज सुवेदी, अर्जुन संङ्ग्रौला, सुजन गुरुङ र शंकरमान राई सदस्य छन् । स्वयंसेवक व्यवस्थापन समितिको संयोजकमा आईसीसी मध्यपूर्व युवा संयोजक सुजन सापकोटा र उपसंयोजकमा कतार एनसीसीका युवा उपाध्यक्ष टंक विश्वकर्मा छन् । समितिमा कमलजंग कार्की, शुशिल गौतम, कृष्ण ढकाल, अमृत विश्वकर्मा, केशव राज मल्ल, दर्शन सुनार, एकराज कँटुवाल, राजन चापागाई, किरण परियार, दीपेन्द्र गैरे, गुणराज कँटुवाल, प्रकाश बीके, गौरखबहादुर चन्द ठकुरी, रमेश महर्जन, सुशीलकुमार सुब्बा, बिनोद बस्नेत, प्रेम शाही र नवराज श्रेष्ठलगायत रहेका छन । सत्र व्यवस्थापन समितिको संयोजकमा रमेश श्रेष्ठ रहेका छन भने सदस्यमा मध्यपुर्वका डिआरसिहरु रहेका छन ।
मिडिया व्यवस्थापन समितिको संयोजकमा करिमबक्स मियाँ रहेका छन । समितिमा रामजी बगाले (जनसवाल राष्ट्रिय दैनिक), राजकुमार सिग्देल(रातोपाटी), बुद्धि लोप्चन (उज्यालो नेटवर्क), उद्धव भट्टराई (अर्थ तथा रोजगार), यास्मिन ताम्राकार, विष्णु घिमिरे, एफएनजे कतार न्युज, क्यु एफएम रेडियो नेटवर्कलगायत रहेका छन । लगानी प्रवद्र्धन व्यवस्थापन समितिको संयोजकमा रमेश श्रेष्ठ रहेका छन् । समितिमा विकास शाही,पूर्ण पोखरिया,बासुदेव सापकोटा, विकल झा, करिमबक्स मियाँ, विष्णुलाल श्रेष्ठ, तेज कटुवाल, सुरज मास्के, दीपक खड्का, सुभद्रा बुढाथोकी, सुजन सापकोटा, बिना मानन्धर र कृष्ण पन्थीलगायत रहेका छन् । सांस्कृतिक व्यवस्थापन समितिको संयोजकमा रोजेश अर्याल र उपसंयोजकमा कमलजंग कार्की रहेका छन । समितिमा जनक थापा मगरलगायत सांस्कृतिक विभाग कतारका सदस्यहरु रहेका छन । घोषणापत्र तयारी समितिमा पुर्व अध्यक्ष आरके शर्मा,पुर्व उपाध्यक्षहरु डिबी क्षेत्री, सागर नेपाल , नरेन्द्र भाट,राज रेग्मी,यास्मिन वेगम सैयद र शनि कुमार वलि,महेन्द्र चम्लागाई, कमलमणि गुरागाई रहेका छन ।
क्षेत्रीय संयोजक रमेश श्रेष्ठले सम्मेलनलाई औपचारिक कार्यक्रम र भाषणमा मात्र सीमित नराखी मध्यपूर्वमा रहेका नेपालीका समस्या, सम्भावना र भविष्यसँग जोड्ने गरी आफ्नो टोली परिचालित भएको बताएका छन् । कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी र अर्थपूर्ण बनाउन तयारी भइरहेको उल्लेख गर्दै उनले विश्वभर रहेका एनआरएनए अभियन्ता, राष्ट्रिय समन्वय परिषद्, आईसीसीका पदाधिकारी, नेपाली संघसंस्था र सरोकारवालालाई सम्मेलन सफल बनाउन सहयोग, सहभागिता र सहकार्यका लागि अनुरोध गरेका छन् । श्रेष्ठका अनुसार सुरक्षित श्रम आप्रवासन, श्रमिकको हकहित, सामाजिक सुरक्षा, युवा तथा महिला सहभागिता, नेतृत्व विकास, लगानी प्रवद्र्धन र उद्यमशीलता सम्मेलनका महत्त्वपूर्ण प्राथमिकता हुनेछन् । मध्यपूर्वमा कार्यरत नेपालीले पठाउने रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ । तर उनीहरूले आर्जन गरेको सीप, अनुभव र पुँजीलाई स्वदेशको उत्पादन, उद्यम र रोजगारी सिर्जनासँग जोड्नु पनि उत्तिकै आवश्यक छ ।
त्यसैले ‘सहयात्रा–२०२६’ को सार्थकता सम्मेलनको भव्यतामा मात्र नभई श्रमिकका मुद्दामा बन्ने साझा धारणा, नीतिगत सुझाव र घोषणापत्रका प्रतिबद्धता कार्यान्वयन गर्ने प्रयासमा निर्भर रहनेछ । कतारमा हुने नवौँ क्षेत्रीय सम्मेलनलाई मध्यपूर्वमा रहेका नेपालीबीच एकता र सहकार्य सुदृढ गर्ने, श्रमिकका आवाजलाई सामूहिक रूपमा उठाउने तथा विदेशमा आर्जित सीप र पुँजीलाई नेपालको समृद्धिसँग जोड्ने अवसरका रूपमा हेरिएको छ ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij