बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

स्पेनको अन्तर्राष्ट्रिय दिवसमा नेपाली समुदायको सहभागिता, राष्ट्रिय झन्डासहित र्‍याली र सांस्कृतिक प्रस्तुति

मंगलबार, कार्तिक १० २०८३

स्पेन। स्पेनको ल’आल्फास डेल पीमा आयोजित १९औँ अन्तर्राष्ट्रिय दिवसमा ३,५०० भन्दा बढी मानिस सहभागी भएका छन्। कार्यक्रममा नेपाली समुदायले राष्ट्रिय झन्डासहित र्‍यालीमा सहभागिता जनाउँदै नेपालको राष्ट्रिय पहिचान, कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रस्तुत गरेको थियो।

नेपाल समाज एसोसिएसन कोस्टा ब्लाङ्का र एनआरएनए क्षेत्रीय समिति कोस्टा ब्लाङ्काले संयुक्त रूपमा नेपाली खानाका परिकारसहित फुड स्टल सञ्चालन गरेका थिए। कार्यक्रममा एनआरएनए स्पेनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र भुजेल, समाजका अध्यक्ष केसर बहादुर थापा, एनआरएनए क्षेत्रीय अध्यक्ष बिपिन बुढाथोकी, उपाध्यक्ष डा. सबिता पाठक, मोतिसागर पुन तथा कार्यवाहक महासचिव अशिम लोप्चन तामाङलगायतको सहभागिता रहेको थियो।

त्यसैगरी संस्थापक अध्यक्ष एवं संरक्षक रितेश श्रेष्ठ, केशवराज कडेल, रुद्र खत्री, सुरेश बज्राचार्य, सरक्षक एवं एनआरएनए सचिब नवराज दुवाडी, डा. बृहस्पति पण्डित तथा सल्लाहकार अन्जु पुन र दुर्गा भण्डारीलगायत सहभागी थिए। फुड स्टल सञ्चालनमा अमन गुरुङ, सोनल पुन र जेनिशा तामाङलगायतले सहयोग गरेका थिए।

कार्यक्रमको सांस्कृतिक प्रस्तुतिअन्तर्गत नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै माया शिरिषले ‘डाँफे झैँ नाच्ने, हिमाल झैँ हाँस्ने’ गीतमा आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन्। नेपाली कला, संस्कृति र मौलिक पहिचान झल्किने उनको प्रस्तुतिले कार्यक्रममा उपस्थित दर्शकको ध्यान आकर्षित गरेको थियो। उनको नृत्यसँगै दर्शकहरूले ताली बजाएर उत्साहपूर्वक स्वागत तथा प्रशंसा गरेका थिए। दर्शकको ताली र उत्साहपूर्ण प्रतिक्रियाले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली सांस्कृतिक प्रस्तुतिप्रति देखिएको आकर्षणलाई झल्काएको थियो।

कार्यक्रमले स्पेनमा रहेका नेपाली समुदायबीच एकता र सहकार्यलाई प्रवर्द्धन गर्नुका साथै नेपाली कला, संस्कृति, खानपान र राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय समुदायमाझ चिनाउने अवसर प्रदान गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार