शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३

बढ्दो वित्तीय तथा साइबर अपराध नियन्त्रणमा उच्च प्रविधिमैत्री संयन्त्र बन्दैछ : महानिरीक्षक कार्की

शुक्रबार, असोज ३० २०८३

काठमाडौं । प्रहरी महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले बढ्दो वित्तीय तथा साइबर अपराध नियन्त्रणका लागि उच्च प्रविधिमैत्री संयन्त्र निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।

७१औँ प्रहरी दिवस तथा अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण काक्रममा बोल्दै उनले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने सरकारको योजना रहेको बताए ।

‘विपद्मा सारथी, संकटमा छहारी, प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ मनाइएको ७१औँ प्रहरी दिवसका अवसरमा उनले राष्ट्रसेवाका क्रममा हालैको भोटेकोशी, त्रिशूली विपद्लगायत विभिन्न कालखण्डमा वीरगति प्राप्त गर्ने अमर प्रहरीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे ।

उनले कर्तव्य निर्वाहका क्रममा घाइते तथा अशक्त भएका प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै संगठन निर्माणमा योगदान पु¥याउने सम्पूर्ण पूर्व तथा बहालवाला प्रहरीहरूप्रति आभार व्यक्त गरे ।

आगामी दिनमा आइपर्ने विपद् सामना गर्न नेपाल प्रहरीलाई सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासमा सरकारले जोड दिएको उनले बताए । उनले यसै अवसरमा विमोचित ‘पुलिस मिरर’ले प्रहरीको इतिहास र वर्तमानलाई नयाँ पुस्तासँग जोड्ने विश्वास व्यक्त गरे ।

उनले पछिल्लो समय तीव्र गतिमा बढिरहेको वित्तीय तथा साइबर अपराध रोकथामका लागि नेपाल प्रहरी, नेपाल राष्ट्र बैंक, इन्टरनेट तथा टेलिकम सेवा प्रदायक र डिजिटल वालेटहरूलाई एउटै प्लेटफर्ममा आबद्ध गरी नागरिकका गुनासा प्रभावकारी रूपमा सम्बोधन गर्ने तयारी भइरहेको जानकारी दिए ।

नेपाल प्रहरीलाई रूपान्तरण गर्न रणनीतिक योजना तयार हुँदैछ : महानिरीक्षक कार्की

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीलाई नवीनतम प्रविधिले सुसज्जित, व्यावसायिक र सक्षम संगठनका रूपमा रूपान्तरण गर्न रणनीतिक योजनासहित काम भइरहेको बताएका छन् ।

७१औँ प्रहरी दिवस तथा अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण समारोहलाई सम्बोधन गर्दै उनले कर्तव्य फालनाका क्रममा घाइते तथा अशत्त भएका प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सेवा निवृत्त अग्रजहरूको योगदानको उच्च कदर गरे ।

विपद् उद्धार र सहकर्मीको क्षति सम्बोधनका क्रममा महानिरीक्षक कार्कीले हालै भोटेकोशी र त्रिशूलीमा आएको भीषण विपद् संस्थागत स्मृतिमा पीडा, साहस र कर्तव्यनिष्ठाको गहिरो अध्याय बनेर अंकित भएको बताए ।

उनले प्रहरी अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गरी भविष्यमा ‘नेपाल प्रहरी मेडिकल कलेज’ स्थापना गर्ने महत्त्वाकांक्षी लक्ष्य सार्वजनिक गरे ।

‘विपद्मा सारथी, संकटमा छहारी, प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ मनाइएको दिवसका अवसरमा महानिरीक्षक कार्कीले सात दशक लामो इतिहासमा राष्ट्र र नागरिकको सुरक्षाका लागि ज्यान आहुति दिने १७९८ जना वीर अमर प्रहरीहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरे ।

बाढी—पहिरो र विपद् उद्धारमा खटिँदा २८ जना प्रहरी प्रत्यक्ष प्रभावित भएकोमा ३ जनाले वीरगति प्राप्त गरेको र २५ जना प्रहरी कर्मचारी बेपत्ता रहेको उनले जानकारी दिए ।

वीरगति प्राप्त तथा बेपत्ता प्रहरीका परिवारजनको सम्मान, कल्याण, सन्ततिको शिक्षा र भविष्यको सुरक्षामा संगठनले सदैव अभिभावकीय दायित्व पूरा गर्ने प्रतिबद्धता उनले जनाए ।

प्रहरी कार्यालयहरूको पुनर्निर्माण र नागरिक साझेदारी गत वर्ष क्षतिग्रस्त भएका ४५९ प्रहरी कार्यालयहरूमध्ये ४५३ वटाको पुनर्निर्माण सम्पन्न भई कार्यालय सञ्चालनमा आइसकेको र बाँकी पुनर्निर्माणाधीन अवस्थामा रहेको उनले बताए ।

पुनर्निर्माणमा स्थानीय तह, उद्योगी व्यवसायी, नागरिक समाज र सहयोगी मनहरूबाट प्राप्त सहयोगको प्रशंसा गर्दै उनले जनताको सहयोगमा पुनः उभिएका संरचना नागरिक—प्रहरी साझेदारीका जीवन्त प्रतीक भएको बताए ।

आधुनिक प्रविधि र नयाँ संयन्त्रहरूको विस्तार बदलिँदो सुरक्षा चुनौती र अपराध प्रवृत्तिको प्रभावकारी सामना गर्न नेपाल प्रहरीले विभिन्न आधुनिक प्रणाली तथा विशिष्टीकृत सेलहरूको विकास गरेको उनले बताए ।

बदलिँदो सुरक्षा चुनौती र अपराध प्रवृत्तिको प्रभावकारी सामना गर्न नेपाल प्रहरीले विभिन्न आधुनिक प्रणाली तथा विशिष्टीकृत सेलहरूको विकास गरेको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार