शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

बीपी राजमार्गमा सुमो दुर्घटना, दशैंमा घर जानेको चाप धेरै

बिहिबार, असोज २९ २०८३

काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेको धुलिखेलस्थित चौकोटमा बिहीबार बिहान काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको सुमो दुर्घटना भएको छ।

दुर्घटनामा केही मानिस सामान्य घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

यसैबीच, बीपी राजमार्गमा बिहीबार सवारी चाप निकै बढिसकेको छ। सवारी चाप बढे पनि अहिलेसम्म लामो जाम छैन।

दसैँको यात्राका कारण बीपी राजमार्गमा सबैभन्दा बढी सवारी चाप शुक्रबार र शनिबारका दिन हो । सडकको अवस्थाका कारण अब जाममा पर्नुपर्ने सम्भावना कम भए पनि कतिपय स्थानमा पुल एकतर्फी मात्र सञ्चालनमा रहेकाले भोलि र पर्सि केही समय पुलको कारण जाममा पर्न सक्ने सडक आयोजनाले जनाएको छ ।
 

प्रतिक्रिया
सम्बन्धित समाचार