बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

कुमारी बैंकको २६औं वार्षिक साधारण सभा सम्पन्न, वित्तीय विवरण पारित

बिहिबार, असोज २९ २०८३

काठमाडौं । कुमारी बैंक लिमिटेडको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सो सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आ.ब. २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आ.ब. २०८२/८३ आषाढ मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित गरिएको छ । साथै, उक्त साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीहरुका लागि प्रस्ताव गरिएको कुल २.१०५३% (करसहित) लाभांश पारित गरेको छ ।

विगत २५ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका २७९ शाखा सञ्जाल, २९४ एटिएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखा रहित बैंकि ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार