सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३

सुन तोलाको आठ सय र चाँदी ३५ रुपैयाँले बढ्यो

आइतबार, असोज २५ २०८३

काठमाडौँ । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेर दुई लाख ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार सुन प्रतितोला दुई लाख ९५ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर चार हजार ४४० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी तोलाको चार हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार