मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३

नेपालको इतिहास र राजनीतिमा असोज २०: राष्ट्रपति रामचन्द्र पाैडेलकाे जन्मदिन

मंगलबार, असोज २० २०८३

काठमाडौं । नेपालको इतिहास र राजनीतिमा असोज २० गते सँग जोडिएका प्रमुख राजनीतिक तथा ऐतिहासिक घटनाक्रमहरू यस प्रकार छन्:

 

वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलको जन्म (२०००) :  नेपालका तेस्रो राष्ट्रपति रामचन्द्र पौडेलको जन्म वि.सं. २००० असोज २० गते (सन् १९४३ अक्टोबर ६) तनहुँको मिर्लुङ, बाहुनपोखरीमा भएको हो। लाेकतान्त्रिक आन्दोलनमा लामो समय योगदान पुर्‍याएका पौडेल पूर्वसभामुख, पटक-पटक मन्त्री तथा नेपाली कांग्रेसका शीर्ष नेता रहँदै हाल राष्ट्रपतिको जिम्मेवारीमा हुनुहुन्छ।

 

सूर्यबहादुर थापाको नेतृत्वमा नयाँ सरकार गठन (२०५४) :  लोकेन्द्रबहादुर चन्द नेतृत्वको संयुक्त सरकार संसद्‌‌बाट अविश्वासको प्रस्ताव पारित भई असोज १८ मा ढले पछि वि.सं. २०५४ असोज २० गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सूर्यबहादुर थापाको नेतृत्वमा (नेपाली कांग्रेसको समर्थनमा) नयाँ गठबन्धन सरकार गठन भएको थियो।

 

राजा ज्ञानेन्द्रको कदम र ‘लोकेन्द्रबहादुर चन्द’ सरकारको पृष्ठभूमि (२०५९) : असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई “अक्षम” भन्दै पदमुक्त गरेर शासन सत्ता आफ्नो हातमा लिएका थिए। त्यसको लगत्तै असोज २० गते आसपास राजाले आफ्नै नेतृत्वमा शासन सञ्चालन गर्ने प्रक्रिया अघि बढाउँदै पछि लोकेन्द्रबहादुर चन्दको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गरेका थिए, जसले नेपाललाई द्वन्द्व र राजनीतिक अस्थिरतातर्फ मोरेको थियो।   

प्रतिक्रिया
सम्बन्धित समाचार